बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
सारांश
- नेपाली कांग्रेसले पार्टीको आगामी महाधिवेशनलाई लक्षित गरी क्रियाशील सदस्यता अद्यावधिक र नयाँ वितरणको समयसीमा थप गरेको छ ।
- बारा, खोटाङ र दुर्गम हिमाली जिल्लाहरूका लागि असार ७ गतेसम्म सदस्यता अद्यावधिक गर्न सकिने निर्णय भएको छ ।
- पार्टीले ३५ वर्षमुनिका युवाहरूलाई लक्षित गरी विशेष क्रियाशील सदस्यता वितरण अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आगामी १५औं महाधिवेशनलाई लक्षित गरी केही स्थानमा क्रियाशील सदस्यता अद्यावधिक र नयाँ वितरणको समयसीमा थप गर्ने निर्णय गरेको छ ।
पार्टीका महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा शनिबा।र बसेको बैठकले बारा, खोटाङ र दुर्गम हिमाली जिल्लाहरूसहित विभिन्न क्षेत्रका लागि नयाँ समयसीमा निर्धारण गरेको हो ।
बैठकले इन्टरनेटको पहुँच कम भएका उच्च हिमाली क्षेत्र, विकट पहाडी जिल्लाका केही पालिका तथा अद्यावधिक कार्यमा ढिलाइ भएका बारा र खोटाङ जिल्लाका हकमा आगामी असार ७ गतेसम्म सदस्यता अद्यावधिक गर्न सकिने निर्णय गरेको छ । यस्तै, विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूका लागि असार १० गते र नयाँ क्रियाशील सदस्यता वितरणका लागि असार २० गतेसम्मको समय तोकिएको छ ।
पार्टीको डिजिटल प्रणालीमा हालसम्म ७ लाख ८२ हजार २०९ क्रियाशील सदस्यहरूमध्ये ६ लाख ८७ हजार ९३१ जनाको विवरण प्रविष्ट भइसकेको छ । जसमध्ये ५ लाख ३८ हजार ६२२ जनाले डिजिटल परिचयपत्र प्राप्त गरिसकेका छन् ।
बाँकी रहेका फारामहरू आगामी असार ५ गतेभित्र अनुमोदन गरिसक्न वडा तहलाई निर्देशन दिइएको छ । तोकिएको समयमा वडाबाट अनुमोदन नभएमा केन्द्रले नै स्वतः अनुमोदन गर्ने व्यवस्था मिलाइने समितिका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
पार्टीलाई युवामैत्री बनाउने उद्देश्यले विधानको व्यवस्थाअनुसार ३५ वर्षमुनिका युवाहरूलाई लक्षित गरी विशेष क्रियाशील सदस्यता वितरण अभियान सञ्चालन गरिने निर्णयसमेत कांग्रेसले गरेको छ । यस्तै, विषय विज्ञहरूर हाल विदेशमा रहेका पुराना सदस्यहरूको हकमा आवश्यक प्रमाणसहित आवेदन दिएमा असार २० गतेसम्म नवीकरण र अद्यावधिक गर्ने सुविधा दिइएको छ ।
विगतमा फाराम भरेर पनि डिजिटल प्रणालीमा प्रविष्ट हुन बाँकी रहेका नामावलीहरू असार ७ गतेभित्र प्रणालीमा राखिसक्न क्षेत्रीय सभापतिहरूलाई निर्देशन दिइएको छ । यस्तै, सदस्यता विवरणमा त्रुटि भएका सदस्यहरूका लागि असार १ गतेदेखि मसान्तसम्म प्रदेश अनुसारका छुट्टाछुट्टै इमेल ठेगानाहरू उपलब्ध गराई सच्याउने अवसर प्रदान गरिएको कांग्रेसले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण