शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

युवा उद्यमी आयुश केडिया ‘उदयमान युवा उद्यमशील पुरस्कार’ बाट सम्मानित

आइतबार, १० मङ्सिर २०८०, १४ : ४४
आइतबार, १० मङ्सिर २०८०

काठमाडौँ । युवा उद्यमी आयुश केडिया ‘उदयमान युवा उद्यमशील पुरस्कार’ बाट सम्मानित भएका छन् । 

काठमाडौँमा आयोजित पर्सा मिलन केन्द्रले आयोजना गरेको २३ औँ पर्सा दिवस समारोह एवं अभिनन्दन तथा सम्मान कार्यक्रममा उनी सम्मानित भएका हुन् । सो कार्यक्रममा उपराष्ट्रपति राम सहाय यादव र उद्योग वाणिज्य एवं आपूर्ति मन्त्री रमेश रिजाल लगायत पर्सा जिल्लाका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो । 

डिएभी  प्लस टु कलेजका डाइरेक्टर सुमन बस्नेतले आयुश केडियाको प्रतिनिधित्व गर्दै उक्त सम्मानपत्र ग्रहण गरे ।  सोही अवसरमा उद्योगपति ताराचन्द केडियालाई पनि उद्योग क्षेत्रमा पु-याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको थियो । 

उक्त कार्यक्रममा पर्सा जिल्लाका सामाजिक, आर्थिक, प्राज्ञिक एवं राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सम्मान गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप