युवा उद्यमी आयुश केडिया ‘उदयमान युवा उद्यमशील पुरस्कार’ बाट सम्मानित
आइतबार, १० मङ्सिर २०८०, १४ : ४४
काठमाडौँ । युवा उद्यमी आयुश केडिया ‘उदयमान युवा उद्यमशील पुरस्कार’ बाट सम्मानित भएका छन् ।
काठमाडौँमा आयोजित पर्सा मिलन केन्द्रले आयोजना गरेको २३ औँ पर्सा दिवस समारोह एवं अभिनन्दन तथा सम्मान कार्यक्रममा उनी सम्मानित भएका हुन् । सो कार्यक्रममा उपराष्ट्रपति राम सहाय यादव र उद्योग वाणिज्य एवं आपूर्ति मन्त्री रमेश रिजाल लगायत पर्सा जिल्लाका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।
डिएभी प्लस टु कलेजका डाइरेक्टर सुमन बस्नेतले आयुश केडियाको प्रतिनिधित्व गर्दै उक्त सम्मानपत्र ग्रहण गरे । सोही अवसरमा उद्योगपति ताराचन्द केडियालाई पनि उद्योग क्षेत्रमा पु-याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा पर्सा जिल्लाका सामाजिक, आर्थिक, प्राज्ञिक एवं राजनीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण