श्रीमतीले खाना पकाउने भाँडा प्रहार गर्दा श्रीमान्को मृत्यु
सोमबार, ११ मङ्सिर २०८०, ०९ : १७
दैलेख । दैलेखमा श्रीमतीले खाना पकाउन प्रयोग गरिने भड्डु प्रहार गर्दा श्रीमानको मृत्यु भएको छ । मृत्यु हुनेमा नौमूले गाउँपालिका–४ कालिकाका ३८ वर्षीय भीमबहादुर योगी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालका अनुसार उनकी श्रीमती सीता योगीले भाँडा प्रहार गरेपछि चोट लाग्न गई उनको मृत्यु भएको हो । श्रीमान्–श्रीमतीबिचको आपसी झगडा बढेपछि सीताले भड्डु प्रहार गरेको उनको भनाई छ ।
लम्सालले रातोपाटीसँग भने, ‘भड्डुमा ढिँडो पकाएको रहेछ । भीमले पहिला हात छाडेका रहेछन्, त्यसपछि श्रीमतीले पनि त्यही भाँडाले हिर्काएछिन् । टाउकोमा चोट लागेर धेरै रगत बगेपछि भीमको मृत्यु भयो।’ सीतालाई दैलेख प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘भागदौड’ को गीत ‘पातली’ मा निशा र घनश्यामको नृत्य
-
सुन्ने क्षमता घटिरहेको छ ? शरीरले दिन्छ प्रायः यी सङ्केतहरू
-
रास्वपाले प्रदेशसभा खारेज गर्ने प्रस्ताव गरेको हो भने त्यो ठुलो भूल हुनेछ : डा भट्टराई
-
इरान युद्धमा ८७ अर्ब डलर माग
-
विश्वकप नकआउट समीकरण : कुन टोलीलाई अघिल्लो चरण पुग्न के चाहिन्छ?
-
बेनी–जोमसोम सडक १२ घण्टापछि खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण