चुइगम आयातमा झण्डै २० करोड बाहिरियो
काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनामा १९ करोड रुपैयाँभन्दा धेरैको चुइगम आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा विदेशबाट १९ करोड ७१ लाख रुपैयाँको चुइगम आयात भएको हो ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चार महिनाको अवधिमा विश्वका दर्जन देशबाट नेपालमा चुइगम आयात हुने गरेको छ । जसमध्ये सबैभन्दा धेरै र आयातकर्ताले बिक्रीका लागि भने भारतबाट मात्रै ल्याउने गरेकाछन् ।
यस अवधिमा भारतबाट १९ करोड ३६ लाख रुपैयाँ बराबरको चुइगम भित्रिएको छ । भारतबाट ५ लाख ६० हजार किलोग्राम चुइमग भित्रिँदा १५ करोड रुपैयाँभन्दा धेरैको भन्सार राजश्व उठेको विभागले जनाएको छ ।
यसबाहेक, अमेरिकाबाट २८ लाख ७९ हजार रुपैयाँको र बेलायतबाट २ लाख ७५ हजार रुपैयाँको चुइगम भित्रिएको छ । यसबाहेक अन्य मुलुकबाट भने न्यून मात्रामा आउने गरेको छ । यात्रुहरु ओहोर दोहोर गर्दा आउने परिणाम मात्रै आउने गरेको विभागको तथ्यांकले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण