एमाले कर्णाली उपसचिवको जिम्मेवारी पराजित व्यक्तिलाई दिइयो
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको उपसचिवको जिम्मेवारी अधिवेशनमा पराजित व्यक्तिलाई दिइएको छ ।
गत असोजमा भएको एमाले कर्णाली प्रदेशको अधिवेशनमा निर्वाचित उपसचिवलाई पदबाट हटाएर उपसचिवमै पराजित महिला नेतृलाई जिम्मेवार दिइएको हो ।
अधिवेशनबाट निर्वाचित रमेश शाहीलाई हटाएर पराजित महिला नेतृ पद्मा खड्कालाई जिम्मेवारी दिइएको छ ।
एमाले महासचिव शंकर पोखरेलले प्रदेश कमिटीलाई पत्र लेख्दै सो जिम्मेवारी दिएका छन् । एमालेको केन्द्रीय सचिवालयको गत कात्तिक २२ गतेको बैठकले उक्त निर्णय गरेको पत्राचार महासचिव पोखरेलले आज (मंगलबार) प्रदेश कमिटीलाई जानकारी गराएका हुन् ।
प्रदेश अधिवेशनमा निर्वाचित पदाधिकारीमा महिला आरक्षण हुन सकेको थिएन । महिला कोटा हुनुपर्ने दाबीसहितको निवेदन परेपछि सचिवालय बैठकले उक्त निर्णय गरिएको पत्रमा उल्लेख छ ।
निर्णय कार्यान्वयन गराउन लेखिएको पत्रमा भनिएको छ,‘कर्णाली प्रदेश अधिवेशनमा पदाधिकारीमा महिला आरक्षण नगरिएकोमा उपसचिव पदमा महिला कोटा हुनुपर्ने दाबीसहितको निवेदनलाई समेत ध्यानमा राखी विजयी पुरुष उम्मेदवारमध्ये दोस्रो मत ल्याउने रमेश शाहीका स्थानमा महिला उम्मेदवारमध्ये सबैभन्दा बढी मत ल्याउने पदमा खड्कालाई उपसचिव पदमा बहाल गर्ने । रमेश शाहीलाई प्रदेश कमिटीमा मनोनीत गर्ने ।’
तर केन्द्रको निर्णयको कर्णाली एमालेका नेताहरुले विरोध गरेका छन् । पराजित महिलालाई जिम्मेवारी दिएको भन्दै अर्की महिला नेतृ कौशिला खत्रीले भनिन्,‘प्रदेश कमिटी पदाधिकारी समावेशी भएन यो हाम्रो पनि आपत्तिको विषय हो । तर, अधिवेशनमा हारेकोलाई जितेको बनाउने कुन विधान र विधिमा छ जनवादी केन्द्रीयता त कम्युनिस्ट पार्टीमा हुन्छ । तर, अधिवेशनबाट निर्वाचित कमिटीलाई नै केन्द्रले सुझावसहित अधिकार दिनुपर्ने जस्तो बुझेकी थिएँ । म अलमलमा रहिछु । के यो विधान संवत् छ ? आदरणीय पार्टी शीर्ष नेताहरुले मलाई बुझाइदिनु पर्यो ।’
अधिवेशनमा निर्वाचित भएका शाही यामलाल कँडेलको टिमबाट लडेका थिए भने खड्का गोरख बोगटी–विनोदकुमार शाहको टिमबाट लडेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी सहायक हवल्दार विष्ट मधेस प्रदेशको उत्कृष्ट ट्राफिक घोषित
-
१० बजे १० समाचार : रास्वपाले ठाडै मिच्यो संविधानदेखि सुकुमबासीको चेतावनीसम्म
-
कोशी प्रदेशमा २ अर्ब ८ करोडका ४ ठुला परियोजना स्वीकृत
-
बधाई साटासाटमा व्यस्त रास्वपाका नेता–कार्यकर्ता, तस्बिरमा हेर्नुहोस्
-
मुस्ताङमा सशस्त्र प्रहरीको विपद् प्रतिकार्य अभ्यास
-
बारामा ९३ हजार मेट्रिकटन भन्दा बढी धान उत्पादन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण