शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

प्रहरी सहायक हवल्दार विष्ट मधेस प्रदेशको उत्कृष्ट ट्राफिक घोषित

बिहीबार, ११ असार २०८३, २२ : ०२
बिहीबार, ११ असार २०८३

काठमाडौँ । प्रहरी सहायक हवल्दार सागर विष्ट मधेस प्रदेशको उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले उनलाई जेठ महिनाको उत्कृष्ट प्रहरीको अवार्ड प्रदान गरेको हो । 

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका एसपी ज्ञानेन्द्र बहादुर बस्नेतले उनलाई अवार्ड सहित नगद पुरस्कार प्रदान गरेका छन् । 

रौतहटको अस्थायी ट्राफिक प्रहरी पोस्ट विजयपुर लक्ष्मीनियामा कार्यरत विष्टले ट्राफिक व्यवस्थापन र कार्यालय निर्माणमा महत्त्वपूर्ण योगदान गरेको मूल्याङ्कन गर्दै उनलाई उत्कृष्ट घोषणा गरिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप