भूकम्प पीडितलाई ७ दिनसम्मको पारिश्रमिक सहयोग गर्ने आयोगको निर्णय
बुधबार, १३ मङ्सिर २०८०, १३ : २०

काठमाडौँ । निर्वाचन आयोगले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प पीडितलाई सहयोग गर्ने निर्णय गरेको छ ।
आयोगले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग गर्ने निर्णय गरेको हो । जसअनुसार आयोगका प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूबाट सात दिनको पारिश्रमिक सहयोग गर्ने निर्णय भएको छ ।
यस्तै आयोग एवम् आयोग अन्तर्गत प्रदेश र जिल्ला निर्वाचन कार्यालयहरूका कर्मचारीहरू मध्ये सचिव र सहसचिवहरूबाट ३ दिन, उपसचिब र शाखा अधिकृतहरूबाट २ दिन र सोभन्दा तलका कर्मचारीहरूबाट १ दिन बराबरको पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय भएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआइजी खापुङको ‘सुवास बनेर आउनु तिमी’ गीत सार्वजनिक
-
सुदूरपश्चिमका तीन क्रिकेट खेलाडी सम्मानित
-
१५ औँ राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता खेलाडी तथा प्रशिक्षक सम्मानित
-
नागार्जुनका मेयर बस्नेत सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर, असार १६ गते सजाय तोकिने
-
आखेटोपहारलाई मानप्रतिष्ठाका रूपमा सङ्कलन र प्रदर्शन गर्नेलाई कारबाही गर्नू : सर्वोच्च अदालत (पूर्णपाठ)
-
टोखामा फ्ल्याटमा बस्थिन् सुन तस्करीमा संलग्न अमला