शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बालकथा : तेजसको तेज

बिहीबार, १४ मङ्सिर २०८०, १० : १८
बिहीबार, १४ मङ्सिर २०८०

एकादेशमा एक जना शिक्षक पढाएर घर आउँदै थिए । घर आउँदा उनकी श्रीमतीले भनिन्– बुढो, मेरो पेटमा बच्चा छ । श्रीमती पेटमा बच्चा हुँदा शिक्षक खुसीले रमाए । श्रीमतीको पेटबाट बच्चा यो संसारमा भित्रिने दिन थियो । उनलाई हस्पिटल लगियो । दुई घण्टापछि एउटा शिशु यो संसारमा आए । शिक्षक र उनकी श्रीमती खुसी साथ घर गए । बच्चाका लागि कपडा आवश्यक सरसामान पनि शिक्षकले किने । दुवैले उनको नाम तेजस राखे ।

समय बित्दै गयो । छिमेकमा पनि तेजस जस्तै धेरै साना बच्चा थिए । तेजस र साना बच्चाहरू बाहिर आँगनमा उभिएर मोबाइलमा मोटुपत्लु हेर्दै थिए । बुबा र आमाले तेजसलाई भित्र घरमा आउन भने । तेजस घरमा आउँदा आफ्नो आमालाई भने– मामु मलाई मोबाइलमा मोटुपत्लु हेर्न दिनुहोस् न । बालकले के भन्न चाहेको कुरा आमाले बुझिन् । आफ्नो मोबाइलमा मोटुपत्लु हेर्न दिइन् ।

बेलुकी बुबा घरमा आउँदा छोरोले मोबाइलमा मोटुपत्लु हेरेको देखे । श्रीमतीलाई गाली पनि गरे । छोरोलाई यो बिस दियौ भने छोराको भविष्य के हुन्छ ? श्रीमतीले भनिन्– के चाहिँ हुन्छ र ? श्रीमान् रिसाए । बच्चातिर गएर मोबाइल खोसे । तर बाबाले तेजसलाई मोबाइलमा अङ्ग्रेजीको पेपा पिग चाहिँ हेर्न दिए । त्यो पेपा पिग तेजसलाई मन परेन । उनी रुँदा रुँदा गरेर चुप पनि भएनन् । त्यसपछि पनि बुबाले मोटुपत्लु हेर्न दिएनन् तर बच्चालाई के थाहा ? उनको बुबाले उनकै अङ्ग्रेजी भाषा राम्रो बनोस् भन्नका लागि भनेका थिए । 

धेरै दिन बित्यो र पेपा पिग तेजसलाई मन पर्न थाल्यो । त्यसपछि बुबाले उनलाई टिनेज अङ्ग्रेजी भिडियो देखाउन थाले । त्यो पनि पहिला उनलाई मन परेन । केही बुझेकै थिएनन् । केही समयपछि उनलाई धेरै मन पर्न थाल्यो । उनले आफ्नो बुबालाई धेरै माया गर्न थाले । तर आमाको पनि धेरै माया थियो ।

दुई वर्ष बित्यो । बुबाले उनलाई अङ्ग्रेजी भिडियोको पनि लत छुटाए । अङ्ग्रेजीको टाइपिङ सिकाउन थाले । यो काम गर्दा उनी गाह्रो भएर रोएका थिए । आँसु झरी झरी टाइप गरे । एक वर्षमा उनले छिटो छिटो टाइप गर्न थाले । उनको यो बानी पनि जस्ताको त्यस्तै रहिरह्यो ।

तेजसलाई बुबाले नेपाली पनि टाइप गर भने । उनलाई ‘बकमान सपिवज सहअखद’ टाइप गर्न दिए । उनले रुँदै टाइप गरे । एक दिन सबैभन्दा गाह्रो चिज सिक्ने उनको जिन्दगीको धोको थियो । उनले नेपाली टाइप पनि पार गरे । अन्त्यमा उनको बुबाले भने कि बाबु तिमीलाई सबै आउँछ एउटा कथा लेखेर छपाऊ । छोराले हुन्छ भने । उनले पत्रिकामा कथाहरू छपाए ।

तेजसले यो कुरा बुझे कि जब एउटा स्पेस रकेट उड्छ तब उसका पछाडिका भागहरू अलग हुँदै जान्छन् । रकेटले वायुमण्डल छोडेपछि एकछिनपछि एउटा भाग अलग हुन्छ । यसरी अन्य भागहरू पनि क्रमशः अलग हुँदै जान्छन् । स्पेसमा ल्यान्ड हुँदा स्पेसक्राफ्ट मात्रै बाँकी हुन्छ । जिन्दगीमा सफल हुन हरेक तह पार गर्दै जानु पर्छ । एक एक गर्दै त्याग गर्न पनि सिक्नु पर्छ । तेजसले मोटुपत्लु, पेपा पिग, टिनेज स्टोरी सबै त्याग गर्न सकेकाले उनी आफैँ टाइपिङ गरी सफल बाललेखक पनि बने ।

काशी नोबल एकेडेमी 

कक्षा–५

भैरहवा–१२ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुश्रुतराज न्यौपाने
सुश्रुतराज न्यौपाने
लेखकबाट थप