यो हप्ता नेप्सेमा सामान्य गिरावट, सवा ७ अर्बको कारोबार

काठमाडौँ । यो हप्ता निकै उतारचढाका बीच सेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट आएको छ । साताको पाँचै दिन कारोबार भएको यसहप्ता जम्मा १.६७ अंकले मात्र नेप्से घट्दै १८ सय ५८.५३ अंकमा रोकिएको हो ।
अघिल्लो हप्ताको अन्तिम कारोबार दिन अर्थात् मंसिर ७ गते ८ अंकले नेप्से सूचक बढ्दै १८ सय ६०.२० अंक कायम भएको थियो ।
यसहप्ता कारोबारको पहिलो दिन मंसिर १० गते ४७ अंकमाथिले नेप्से सूचक बढेको थियो भने बाँकी ४ दिन क्रमशः ११.२३, २.१७, १७.९३ र १८.०६ अंकले नेप्से सूचक घट्न पुग्यो । तथापि, अघिल्लो हप्ताको तुलनामा यो हप्ता सेयर कारोबार रकममा भने बढको छ ।
८ अंकले सूचक बढेको अघिल्लो हप्ता जम्मा ४ अर्ब २८ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । तर, यो हप्ता सूचक घट्दा समेत ७ अर्ब १५ करोड ९ लाख २९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
मार्केट क्यापिटलाइजेशन २ अर्ब ५७ करोडले घट्यो
यता सेयर बजार पुँजीकरण (मार्केट क्यापिटलाइजेसन) भने यस साता २ अर्ब ५७ करोड माथिले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार अघिल्लो साताको भन्दा यो साता मार्केट क्यापिटलाइजेसन २ अर्ब ५७ करोड ३० लाख १७ हजार रुपैयाँले घट्दै २८ खर्ब ६५ अर्ब ५४ करोड ७० लाख रुपैयाँ कायम भएको छ ।
अघिल्लो साताको अन्तिम कारोबार दिन यस्तो मार्केट १५ अर्ब १० करोड ६० लाख ४१ हजार रुपैयाँले घट्दै २८ खर्ब ६८ अर्ब १२ करोड रुपैयाँ कायम भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
-
गायिका एवं कम्पोजर लक्ष्मीले ल्याइन् ‘जिन्दगीको गोरेटोमा’
-
रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी
-
एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म