यो हप्ता नेप्सेमा सामान्य गिरावट, सवा ७ अर्बको कारोबार
काठमाडौँ । यो हप्ता निकै उतारचढाका बीच सेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट आएको छ । साताको पाँचै दिन कारोबार भएको यसहप्ता जम्मा १.६७ अंकले मात्र नेप्से घट्दै १८ सय ५८.५३ अंकमा रोकिएको हो ।
अघिल्लो हप्ताको अन्तिम कारोबार दिन अर्थात् मंसिर ७ गते ८ अंकले नेप्से सूचक बढ्दै १८ सय ६०.२० अंक कायम भएको थियो ।
यसहप्ता कारोबारको पहिलो दिन मंसिर १० गते ४७ अंकमाथिले नेप्से सूचक बढेको थियो भने बाँकी ४ दिन क्रमशः ११.२३, २.१७, १७.९३ र १८.०६ अंकले नेप्से सूचक घट्न पुग्यो । तथापि, अघिल्लो हप्ताको तुलनामा यो हप्ता सेयर कारोबार रकममा भने बढको छ ।
८ अंकले सूचक बढेको अघिल्लो हप्ता जम्मा ४ अर्ब २८ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । तर, यो हप्ता सूचक घट्दा समेत ७ अर्ब १५ करोड ९ लाख २९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
मार्केट क्यापिटलाइजेशन २ अर्ब ५७ करोडले घट्यो
यता सेयर बजार पुँजीकरण (मार्केट क्यापिटलाइजेसन) भने यस साता २ अर्ब ५७ करोड माथिले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार अघिल्लो साताको भन्दा यो साता मार्केट क्यापिटलाइजेसन २ अर्ब ५७ करोड ३० लाख १७ हजार रुपैयाँले घट्दै २८ खर्ब ६५ अर्ब ५४ करोड ७० लाख रुपैयाँ कायम भएको छ ।
अघिल्लो साताको अन्तिम कारोबार दिन यस्तो मार्केट १५ अर्ब १० करोड ६० लाख ४१ हजार रुपैयाँले घट्दै २८ खर्ब ६८ अर्ब १२ करोड रुपैयाँ कायम भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण