सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सातामा सामान्य अङ्कले घट्यो नेप्से, कारोबार रकममा वृद्धि

शनिबार, १६ मङ्सिर २०८०, १५ : ४५
शनिबार, १६ मङ्सिर २०८०

काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य गिरावट आएको छ । साताको पहिलो कारोबार दिन नै उच्च अङ्कले बढेको नेप्से परिसूचक त्यसपछि भने लगातार घट्यो । नेप्सेमा आइतबार एकै दिन ४७ अङ्कको वृद्धि आएको थियो ।

त्यसयता भने सोमबार ११ अङ्कले घटेको नेप्से मंगलबार २ अङ्कले घट्यो । यस्तै, बुधबार १७.९३ अङ्कले र बिहीबार १८.०६ अङ्कले नेप्से सूचक घटेको थियो । आइतबार १८ सय ६० अङ्कबाट बजारको कारोबार सुरु भएको थियो । जुन, बिहीबार १८ सय ५८ अङ्कमा आएर रोकिएको हो ।

परिसूचकमा सामान्य गिरावट आए पनि कारोबार रकम भने गत साताको तुलनामा बढेको छ । यो साता नेप्सेमा कूल साढे ७ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । जुन, अघिल्लो साताको तुलनामा ३ अर्ब २ करोड रुपैयाँले बढी हो । अघिल्लो साता नेप्सेमा ४ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको थियो ।

कारोबार रकम बढे पनि यो साता नेप्सेको कूल बजार पुँजीकरण भने घटेको छ । साताभरमा बजार पुँजीकरण २ अर्ब घटेर २८ खर्ब ६५ अर्ब रुपैयाँ कायम भएको छ । गत साता नेप्सेको बजार पुँजीकरण २८ खर्ब ६८ अर्ब रुपैयाँ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप