सातामा सामान्य अङ्कले घट्यो नेप्से, कारोबार रकममा वृद्धि
काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य गिरावट आएको छ । साताको पहिलो कारोबार दिन नै उच्च अङ्कले बढेको नेप्से परिसूचक त्यसपछि भने लगातार घट्यो । नेप्सेमा आइतबार एकै दिन ४७ अङ्कको वृद्धि आएको थियो ।
त्यसयता भने सोमबार ११ अङ्कले घटेको नेप्से मंगलबार २ अङ्कले घट्यो । यस्तै, बुधबार १७.९३ अङ्कले र बिहीबार १८.०६ अङ्कले नेप्से सूचक घटेको थियो । आइतबार १८ सय ६० अङ्कबाट बजारको कारोबार सुरु भएको थियो । जुन, बिहीबार १८ सय ५८ अङ्कमा आएर रोकिएको हो ।
परिसूचकमा सामान्य गिरावट आए पनि कारोबार रकम भने गत साताको तुलनामा बढेको छ । यो साता नेप्सेमा कूल साढे ७ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । जुन, अघिल्लो साताको तुलनामा ३ अर्ब २ करोड रुपैयाँले बढी हो । अघिल्लो साता नेप्सेमा ४ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको थियो ।
कारोबार रकम बढे पनि यो साता नेप्सेको कूल बजार पुँजीकरण भने घटेको छ । साताभरमा बजार पुँजीकरण २ अर्ब घटेर २८ खर्ब ६५ अर्ब रुपैयाँ कायम भएको छ । गत साता नेप्सेको बजार पुँजीकरण २८ खर्ब ६८ अर्ब रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण