बीमा कम्पनी र बीमा सर्भेयर एकअर्काका परिपूरक : अध्यक्ष सिलवाल
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनी र बीमा सर्भेयर एकअर्काका परिपूरक भएकाले दुबै संस्थाले सानातिना समस्याहरू समाधान गर्दै विश्वसनीय ढङ्गले काम गर्नुपर्ने बताएका छन् ।
नेपाल बीमा प्राधिकरणद्वारा यही मङ्सिर १७ गते काठमाडौँमा आयोजित नेपाल बीमक सङ्घ र नेपाल बीमा सर्भेयर सङ्घसँगको अन्तरक्रिया एवम् छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले यस्तो बताएका हुन् ।
‘दुबै सङ्घले एकले अर्कालाई बुझ्नुपर्छ, सानातिना समस्या समयमै समाधान गर्नुपर्छ । विद्यमान कानुन अनुसार काम गर्नुपर्छ,’ अध्यक्ष सिलवालले भने, ‘बीमा क्षेत्रलाई अघि बढाउन संयुक्त रूपमा अघि बढ्नुपर्छ ।’
बीमा गरिएका सम्पत्तिको क्षतिको प्रतिवेदन तयार गर्दा कुनै पनि बहानाबाजी नगरी मर्का परेका व्यक्तिले जे दिन्छन् त्यसैलाई आधार मानेर प्रतिवेदन तयार गरी समयमा नै पेश गर्न अध्यक्ष सिलवालले निर्देशन दिए ।
‘बीमा सर्भेयरको विज्ञताका आधारमा कामको बाँडफाँड हुनुपर्छ, दुबै सङ्घले समझदारी गरेर अन्तर्राष्ट्रिय अभ्यास समेतका आधारमा सर्भेयरको फी तय गर्नुपर्छ । विश्वसनीयताका लागि सर्भेयरको व्यवस्था गरिएको विषयलाई बीमकहरूले बुझ्नुपर्छ’ उनले भने ।
दुबै सङ्घका पदाधिकारीहरूले नयाँ काम गर्नुपर्ने, सर्भेयरका लागि तालिम आयोजना गर्नुपर्ने साथै गुणस्तरीय सेवा दिनेतर्फ दुबै पक्षको ध्यान जानुपर्ने उनले बताए । ‘कुन बीमा कम्पनीले कति सर्भेयरलाई कति काम दिएको छ ? त्यो थाहा हुनेगरी डिजिटल फ्रेमवर्कमा जोडिनुप¥यो । बीमक र सर्भेयरको कारणले दाबी फर्छ्यौटमा ढिलाइ भयो भन्ने गुनासा आउनुभएन’ उनले भने ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा सर्भेयरले छिटोभन्दा छिटो प्रतिवेदन बुझाउनुपर्ने र बीमा कम्पनीले पनि प्रतिवेदन प्राप्त हुनासाथ सर्भे फी भुक्तानी गर्नुपर्ने बताए ।
नेपाल बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मीले बीमितको हक हित सुरक्षित हुनेगरी बीमक र सर्भेयरले काम गर्नुपर्ने विचार व्यक्त गरे ।
नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा सर्भेयरको सङ्ख्यामा भएको वृद्धिलाई चुनौतीका रूपमा नभई अवसरका रूपमा लिनुपर्ने र बीमितलाई छिटो सेवा दिनुपर्ने आवश्यकता औँल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण