बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
एनसेल शेयर खरिदबिक्रीको चलखेलविरुद्ध अनेरास्ववियुको प्रदर्शन (फोटो फिचर)
विरोध

एनसेल शेयर खरिदबिक्रीको चलखेलविरुद्ध अनेरास्ववियुको प्रदर्शन (फोटो फिचर)

मङ्गलबार, १९ मङ्सिर २०८०

काठमाडाैँ । नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले लैनचौरस्थित दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ ।

एनसेलको शेयर खरिदबिक्रीमा भएको चलखेलविरुद्ध अनेरास्ववियुले प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले ‘बाइकट एनसेल, एनसेलको आयव्यय सार्वजनिक गर, नो ट्याक्स नो सिम, रिजेक्ट एनसेल’लेखिएका प्लेकार्ड बोकेका छन् ।

एनसेलको ८० प्रतिशत शेयर सस्तो मुल्यमा बिक्री भएको थियो । झन्डै २ खर्वको एनसेल सात अरबमा बेचिएको थियो । मंगलबार नै एनसेलको सर्वोच्च अदालतमा पुँजीगत लाभकरसम्बन्धी मुद्दाको सुनुवाइ समेत हुँदै छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया