कीर्तिमानी रकममा प्रिमियर लिगको घरेलु टेलिभिजन अधिकार बिक्री

काठमाडौँ । प्रिमियर लिगले स्काई र टीएनटीसँग प्रति सिजन २७० वटा खेल प्रत्यक्ष प्रसारण गर्न कीर्तिमानी ६।७ अर्ब पाउन्ड बराबरको सम्झौता गरेको छ । सन् २०२५–२६ सिजनदेखि चार वर्षसम्म लागू हुने यो सम्झौता बेलायतको इतिहासमा सबैभन्दा ठुलो स्पोर्टस् मिडिया अधिकार भएको बताइएको हो ।
स्काईलाई पाँचमध्ये चारवटा प्याकेज प्रदान गरिएको छ जसमा कम्तीमा प्रति सिजन २ सय १५ वटा खेलहरू प्रसारण गरिनेछ । यसमा शनिबारको स्थानीय समयमा अनुसार साँझ ५ः३० बजे, शनिबार २ बजे र साढे ४ बजेको खेल तथा सोमबार र शुक्रबारका खेलहरू र हप्ताको बिचमा खेलिने तीन राउन्डका खेलहरू प्रसारण गरिनेछ ।
टीएनटीले एक सिजनमा कम्तीमा ५२ वटा खेलहरू प्रसारण गर्नेछ । जसमा शनिबारका १२ः३० का खेलहरूमा र हप्ताको मध्यका दुई राउन्ड खेलहरू प्रसारण गर्नेछ । स्काई स्पोर्टले अन्तिम दिनका सबै खेलहरू पनि प्रसारण गर्नेछ । हालको सम्झौता अनुसार प्रति सिजन २० खेलहरू प्रसारण गर्ने एमाजनले नयाँ सम्झौतामा अधिकार सुनिश्चित गरेको छैन ।
सन् २०१८ यता प्रिमियर लिगमा पहिलोपटक टेन्डरको माध्यमबाट टेलिभिजनको अधिकार बिक्री गरिएको हो । हाल ५ अर्ब पाउन्डमा टेलिभिजनको अधिकार बिक्री गरिएको छ । यो सन् २०२४–२५ सिजनमा यो सकिँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन