सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्से सूचक दोहोरो अंकले घट्यो, १ अर्ब ५४ करोडको कारोबार

मङ्गलबार, १९ मङ्सिर २०८०, १५ : २१
मङ्गलबार, १९ मङ्सिर २०८०

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से सूचक १०.१० अंकले घट्दै १८ सय ३७.७१ अंकमा ओर्लिएको हो । 
सेन्सेटिभ इन्डेक्स समेत आज २.१४ अंकले घट्दै ३५१.०७ अंकमा झरेको छ । तथापि, यता कारोबारमा भने केहीँ सुधार हुँदै आज १ अर्ब ५४ करोड ४९ लाख रुपैयाँ बराबरको ४६ लाख ९८ हजार कित्ता सेयर किनबेच भएको छ । 
आज जीवन बीमा समूह बाहेक १२ वटा उपसूचक ऋणात्मक भएका छन् । सबैभन्दा बढी म्यानु एण्ड प्रो समूहको उपसूचक २.५७ प्रतिशतले घटेको छ भने होटल तथा पर्यटन समूहको उपसूचक क्रमशः १.७१ प्रतिशत र १.११ प्रतिशतले घटेका छन् । जीवन बीमा समूहको उपसूचक भने आज ०.१६ प्रतिशतले मात्र बढेको छ । 

यस दिन सिंगटी हाइड्रो इनर्जी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने बिसाल बजार कम्पनी लिमिटेडको सेयर मूल्य ९.५३ प्रतिशतले घट्न पुगेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप