गीतको म्युजिक ट्रयाक अनधिकृत प्रयोग नगर्न लोक तथा दोहोरी गीत प्रतिष्ठानको आग्रह
मङ्गलबार, १९ मङ्सिर २०८०, १७ : ५९

काठमाडौँ । लोक तथा दोहोरी गीत प्रतिष्ठानले सांगीतिक कार्यक्रमको सिलसिलामा विभिन्न स्रटा, सर्जक, प्रस्तोता तथा उत्पादकहरुको स्वामित्व रहेको बौद्धिक सम्पत्ति गीतको म्युजिक ट्रयाक अनधिकृत रूपमा प्रयोग नगर्न अनुरोध गरेको छ ।
गीतको म्युजिक ट्रयाक अनधिकृत रूपमा व्यावसायिक प्रयोग गरिएको विषयमा सरोकारवाला लगायतबाट जनगुनासो आएकोले प्रतिष्ठानले मंगलबार एक विज्ञप्ति जारी गर्दै सो अनुरोध गरेको हो ।
प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगर, महासचिव शिव हमाल, सचिव घनश्याम रिजालद्धारा हस्ताक्षरित विज्ञप्तिमा गीतको म्युजिक ट्रयाक अनधिकृत रूपमा प्रयोग गरेको, गराएको पाइएमा प्रचलित प्रतिलिपि अधिकार ऐन २०५९ र नियमावली २०६१ अनुसार सम्बन्धित अधिकार धनीको माग बमोजिम असुल उपर, जरिवाना, दण्ड सजाय हुने समेत बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी