नेप्सेमा ११ अंकको वृद्धि, २ अर्ब ८० करोडको कारोबार

काठमाडौं । आज साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ११.७३ अंकको वृद्धि आएको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा ०.६३ प्रतिशतले बढेर बन्द भएको हो ।
परिसूचक बढेको दिन आज कारोबार रकम २ अर्ब ७९ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ । यसक्रममा ९५ लाख कित्ताभन्दा धेरै सेयर कारोबार भएको छ । परिसूचक दोहोरो अंकले बढेको दिन १७५ कम्पनीको सेयर मूल्य बढेको छ भने ५७ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ८ कम्पनीको सेयर मूल्य भने स्थिर कायम छ ।
आज ५ कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा धेरैको वृद्धि आएको छ । यसमध्ये त्रिसुली जलविद्युत कम्प्नीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । यसबाहेक, समाज लघुवित्त वित्तीय संस्था, सीवाईसीएल नेपाल लघुवित्त र नबिल ब्यालेन्स फण्ड–२ को सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने ७.८१ प्रतिशतले घटेको छ । यो आज घटेको सबै कम्पनीको सेयर मूल्यको तुलनामा उच्च हो । परिसूचकमा उत्साजहनक वृद्धि आएको दिन व्यापार समूहको सूचक भने १३ अंकले घटेको छ । यसबाहेक सबै समूहको सूचकमा उत्साहजनक वृद्धि आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारभित्र ८ वर्ष पुराना मुद्दा शून्य बनाउने लक्ष्यमा सफलता हासिल हुँदैछ : प्रधानन्यायाधीश
-
प्रेस युनियनको आयोजनामा शनिबारदेखि ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ हुने
-
भारतका लागि समर्थन खोज्न भगतसिंह आएकै बेला के–के भयो नेपालमा ?
-
गभर्नरको आशाले उचालियो सेयर बजार, ३७ अंकले बढ्दा ८२ अंकको उतारचढाव
-
अपडेट : आईपीएल एक साताका लागि स्थगित
-
भारतमा घट्दा पाकिस्तानमा बढ्यो सेयर बजार