नेप्सेमा ११ अंकको वृद्धि, २ अर्ब ८० करोडको कारोबार
काठमाडौं । आज साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ११.७३ अंकको वृद्धि आएको छ । कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा ०.६३ प्रतिशतले बढेर बन्द भएको हो ।
परिसूचक बढेको दिन आज कारोबार रकम २ अर्ब ७९ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ । यसक्रममा ९५ लाख कित्ताभन्दा धेरै सेयर कारोबार भएको छ । परिसूचक दोहोरो अंकले बढेको दिन १७५ कम्पनीको सेयर मूल्य बढेको छ भने ५७ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ८ कम्पनीको सेयर मूल्य भने स्थिर कायम छ ।
आज ५ कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा धेरैको वृद्धि आएको छ । यसमध्ये त्रिसुली जलविद्युत कम्प्नीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । यसबाहेक, समाज लघुवित्त वित्तीय संस्था, सीवाईसीएल नेपाल लघुवित्त र नबिल ब्यालेन्स फण्ड–२ को सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने ७.८१ प्रतिशतले घटेको छ । यो आज घटेको सबै कम्पनीको सेयर मूल्यको तुलनामा उच्च हो । परिसूचकमा उत्साजहनक वृद्धि आएको दिन व्यापार समूहको सूचक भने १३ अंकले घटेको छ । यसबाहेक सबै समूहको सूचकमा उत्साहजनक वृद्धि आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण