संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा पारित हुन्छ : सभामुख घिमिरे
शुक्रबार, २२ मङ्सिर २०८०, १५ : ५०
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा पारित हुने विश्वास व्यक्त गरेका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित १५ औँ मानव अधिकार राष्ट्रिय महाभेलाको उद्घाटन समारोहमा बोल्दै उनले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुले त्यसलाई टुंग्याउने गरी छलफललाई अघि बढाएकाले संसद्को आगामी अधिवेशनबाट पारित हुने बताएका हुन् ।
सभामुख घिमिरेले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित ऐनहरु निर्माणका लागि आफूले असहमत राजनीतिक शक्ति, नेतृत्व र पक्षसँगको छलफललाई अघि बढाएको र त्यसलाई टुंगो लगाउने विषयमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको दाबी समेत गरे ।
सभामुख घिमिरेले मानव अधिकारसँग सम्बन्धित कानुन निर्माणमा पनि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण