आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा पारित हुन्छ : सभामुख घिमिरे

शुक्रबार, २२ मङ्सिर २०८०, १५ : ५०
शुक्रबार, २२ मङ्सिर २०८०

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा पारित हुने विश्वास व्यक्त गरेका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित १५ औँ मानव अधिकार राष्ट्रिय महाभेलाको उद्घाटन समारोहमा बोल्दै उनले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुले त्यसलाई टुंग्याउने गरी छलफललाई अघि बढाएकाले संसद्को आगामी अधिवेशनबाट पारित हुने बताएका हुन् । 

सभामुख घिमिरेले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित ऐनहरु निर्माणका लागि आफूले असहमत राजनीतिक शक्ति, नेतृत्व र पक्षसँगको छलफललाई अघि बढाएको र त्यसलाई टुंगो लगाउने विषयमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको दाबी समेत गरे ।

सभामुख घिमिरेले मानव अधिकारसँग सम्बन्धित कानुन निर्माणमा पनि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप