मलिकाको ‘सतीदेवी’ सेन्सर पास
काठमाडौँ । लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’ सेन्सर पास भएको छ । चलचित्र सेन्सर बोर्डले बिहिबार साँझ फिल्म हेर्दै प्रदर्शनका लागि सेन्सर पास गरेको हो ।
लेखक समेत रहेका निर्देशक सुवेदीले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै फिल्म सेन्सर पास भएको जानकारी दिएका छन् । फिल्मलाई सेन्सर बोर्डले उत्कृष्ट प्रतिक्रियसहित पास गरेको उनको भनाई रहेको छ । फिल्मलाई सेन्सर बोर्डले युनिभर्सले सर्टिफिकेट दिएको छ । यो सर्टिफिकेटसँगै फिल्म सबै वर्गका दर्शकले हेर्न पाउनेछन् ।
सामाजिक कथामा निर्माण भएको फिल्मले देशमा जतिनै परिवर्तन आएपनि परिवर्तिन हुन नसकेको महिला, दलित र अपहेलितको कथा बिषय बनाएको छ । बाबुछोरीको कथा समेत देखाएको फिल्मले समाजमा हुने छोराको चाहना, छोरीको महत्वलगायतको बिषय समेत देखाउने निर्देशक सुवेदीले बताए ।
फिल्ममा मलिका महत, सन्दीपबाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोलाराज सापकोटा लगायतको अभिनय छ ।
गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहेको फिल्मको निर्माता श्रीदेवी सुवेदी हुन् । फिल्मको गीत र निर्माण समेत सुवेदीकै हो । फिल्मको रिलिज मिति तय भएको छ । यो वर्षको अन्तिमसम्म फिल्म रिलिज हुने गर्ने योजना निर्माण युनिटको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
पहिलो हाफमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण