तनहुँमा स्वर्ण पदक विजेता गुरुङको सम्मान

दमौली । काठमाडौँमा सम्पन्न सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसीपमा स्वर्ण पदक विजेता तनहुँको देवघाट गाउँपालिका निवासी पार्वती गुरुङलाई गाउँपालिकाले नगदसहित सम्मान गरेको छ ।
उक्त प्रतियोगितामा स्वर्ण पदक विजेता देवघाट गाउँपालिका–५ गैडाढुङ्गा निवासी गुरुङलाई गाउँपालिकाले शुक्रबार नगद रु २५ हजारसहित सम्मान गरेको हो । गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले गुरुङलाई रु २५ हजार नगद र प्रमाणपत्र प्रदान गरे ।
कराँते प्रतियोगितामा स्वर्ण पदक जितेर नेपाल तथा देवघाट गाउँपालिकाको नाम राख्न सफल भएकाले प्रोत्साहनस्वरुप सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए । उनले भने, “उहाँले खेलकुदमार्फत पालिकाको नाम राख्न सफल हुनुभएको छ । खेलाडीलाई प्रोत्साहन गर्नका लागि नगदसहित सम्मान गरेका हौँ ।”
सम्मानित भएपछि गुरुङले यसले आफूलाई प्रेरणा मिलेको बताइन् । गुरुङले ४५ केजीमुनिको समूहमा बङ्गलादेशकी अर्पा सलिहालाई हराउँदै स्वर्ण पदक जितेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ड्रेस टु इम्प्रेस’ मा ४ डिजाइनर उत्कृष्ट
-
आठौँ राष्ट्रिय समावेशी म्युजिक अवार्डमा मिलन र मिस पवी उत्कृष्ट, अन्य कसले पाए अवार्ड ?
-
इजरायलको मुख्य विमानस्थलमा कसले गर्यो मिसाइल हमला ?
-
सांसद माया राईको कार्यकालमा २ करोड ४० लाख हिनामिना
-
हेटौँडामा जमिनमुनि भासिएको गाडी अझै भेटिएन
-
खरबुजाको बियाँ खानुभएको छ ? यस्ता छन् फाइदा