मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

रोटरीको निःशुल्क स्वास्थ्य शिविर

शनिबार, २३ मङ्सिर २०८०, २० : २४
शनिबार, २३ मङ्सिर २०८०

काठमाडौँ ।  रोटरी क्लब अफ काठमाडौँ वेष्ट, स्पार्क हेल्थ होम र प्रहरी वृत्त कालिमाटीको संयुक्त आयोजनामा आज कालिमाटी वृत्तमा स्वास्थ्य शिविर आयोजना गरिएको छ । 

वरिष्ठ प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीले शुभारम्भ गर्नुभएको सो शिविरमा एक सयभन्दा बढी प्रहरी र कैदीको स्वास्थ्य परीक्षण गरिएको थियो । समारोहमा रोटरी क्लब अफ काठमाडौँ वेष्टले ५९ ट्राफिक प्रहरीका लागि निःशुल्क चस्मा प्रदान गरेको थियो ।

 स्वास्थ्य विशिरमा डा.प्रकाश श्रेष्ठ,डा.अग्नीकुमार महतो, डा.दृष्टि श्रेष्ठ, डा.आनन्द शाह, डा.रुपा बलामी र डा.दिपिका बराल क्षेत्रीलगायतका डाक्टरले प्रहरी र कैदीको स्वास्थ्य परीक्षण गरे । शिविरमा नाक, कान, घाँटी, दात र नसासम्बन्धी रोगको परीक्षण गरिएको थियो ।

स्वास्थ्य शिविरमा स्पार्क हेल्थ होमले निःशुल्क औषधि वितरण गरेको निर्देशक रुपेश अधिकारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप