मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

एमालेका नेता आजपा प्रवेश, प्रभु साहद्वारा पार्टीमा स्वागत

सोमबार, २५ मङ्सिर २०८०, १६ : ११
सोमबार, २५ मङ्सिर २०८०

काठमाडौँ ।  नेकपा एमालेको एक जना जिल्लास्तरीय नेता आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् । एमाले रूपन्देहीका नेता नारायण पाण्डे आजपामा गरेका हुन् । 

आम जनता पार्टी बागमती प्रदेश कमिटीको बैठकमा पाण्डेलाई केन्द्रीय अध्यक्ष प्रभु साहले पार्टीमा स्वागत गरेका थिए । पाण्डेलाई खादा र टिकासहित स्वागत गर्दै साहले  उनलाई हार्दिक बधाई तथा शुभकामना दिए । 

प्रतिनिधिसभा सदस्य समेत रहेका साहले वर्तमान व्यवस्थाको खारेजी गर्दै जनताको शासन हुने व्यवस्थाको पक्षमा वकालत गर्दै आएका छन् । यस्तै उनले भ्रष्टाचारको विरोधमा पनि अभियान चलाउँदै भ्रष्टाचारीलाई कारबाही नभएसम्म देश विकास हुन नसक्ने तर्क गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप