अरुको क्षमता विकासमा सहयोग गर्ने अनुसन्धान प्रतिष्ठान आफैँ संकटग्रस्त
विराटनगर । कोशी प्रदेश सरकार मातहत ९ वटा अध्ययन तथा अनुसन्धान प्रतिष्ठान छन् । तर, ती निकाय संकटग्रस्त अवस्थामा रहेको र कामयावी नभएको एक अध्ययन प्रतिवेदनले औँल्याएको छ ।
प्रदेश सरकारले गठन गरेको उच्चस्तरीय प्रशासन सुधार कार्यदलले दिएको प्रतिवेदनमा तालिम तथा अनुसन्धान निकायहरु संकटग्रस्त रहेको जनाइएको हो ।
कोशी प्रदेशमा प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र झापा, स्वास्थ्य तालिम केन्द्र धनकुटा, व्यावसायिक तथा सिप विकास तालिम केन्द्र झापा र ओखलढुंगा, शिक्षा तालिम केन्द्र सुनसरी, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र सुनसरी, प्रदेश सहकारी रजिष्ट्रार तथा सहकारी प्रशिक्षण कार्यालय सुनसरी, कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र सुनसरी र पशु सेवा तालिम केन्द्र दुहबी छन् ।
ती तालिम केन्द्रहरु अरुको क्षमता विकासका लागि सहयोगी बन्ने उद्देश्यले सञ्चालन गरिएको हो । ‘अरुको क्षमता विकासका लागि सहयोगी बन्नु पर्ने प्रदेश सरकारका तालिम तथा अनुसन्धान प्रदायक निकायहरु ९ वटा हुँदा पनि ती आफैँमा संकटग्रस्त अवस्थामा भेटिए,’ कार्यदलले दिएको प्रतिवेदनमा उल्लेख छ, ‘तालिम तथा अनुसन्धान प्रदायक निकायहरु अधिकभन्दा अधिक हुनु सुखद पक्ष हो । सवाल केवल यो उठ्छ कि ती निकायहरुको सञ्चालन के कसरी भइरहेछ ? त्यस्ता निकायहरु के कति उत्पादनमूलक हुन सकेका छन् ? यस्ता विषयहरुमाथि विचार पुगेको भने देखिएन । जनशक्ति विकास र उपयोगतर्पm प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान रसातलमा रहेको भेटियो ।’
‘सार्वजनिक सुनुवाइ, कार्यक्रम वा आयोजनास्थलमा सूचना बोर्ड, नागरिक बडापत्र र घुम्ती सेवाको प्रयोग अझै अपर्याप्त भएको देखियो,’ प्रतिवेदनमा भनिएको छ, ‘त्यस्तै, सेवा प्रदायक कार्यालयहरुमा नविनता र सूचना प्रविधिको उपयोग निकै अपर्याप्त भेटियो । मनोवृत्ति र आचरणको सवालमा विभिन्न समस्याहरु देखिए ।’
कार्यदलले प्रदेशमा लगानी भित्र्याउन खडा गरिएको लगानी प्राधिकरण आफैँ विभिन्न समस्यामा अड्किएको पनि उल्लेख गरेको छ । यस्तै कार्यपद्धतिको सवालमा कर्मचारीको कार्यविवरण अहिलेसम्म नबनेको, संस्थागत स्मरण सम्बन्धी अवस्था कमजोर रहेको, अधिकार प्रत्यायोजन पर्याप्त नभएको, पारदर्शिताका लागि कानुनी प्रावधान राखिए पनि परिपालना कमजोर रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रदेश सरकारको गुनासो व्यवस्थापन फितलो भएको, व्यवस्थापन परीक्षण प्रयोगमा नआएको, अनुगमन मूल्याङ्कन कमजोर रहेको, सार्वजनिक वित्तीय व्यवस्थापन निकै समस्यामा रहेको, बेरुजुको अवस्था सन्तोषजनक नरहेको पनि जनाएको छ ।
‘सार्वजनिक सुनुवाइ, कार्यक्रम वा आयोजनास्थलमा सूचना बोर्ड, नागरिक बडापत्र र घुम्ती सेवाको प्रयोग अझै अपर्याप्त भएको देखियो,’ प्रतिवेदनमा भनिएको छ, ‘त्यस्तै, सेवा प्रदायक कार्यालयहरुमा नविनता र सूचना प्रविधिको उपयोग निकै अपर्याप्त भेटियो । मनोवृत्ति र आचरणको सवालमा विभिन्न समस्याहरु देखिए ।’
कार्यदलले प्रदेश सरकारको प्रशासनिक क्षेत्रमा देखिएका १३७ वटा समस्याको पहिचान गरेको छ । उक्त निष्कर्षले प्रदेश प्रशासनभित्र ठुलो सुधारको खाँचो रहेको जनाउने आयोगको प्रतिवेदनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन एरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण