काठमाडौँमा २६४ वटा बस बिसौनी निर्माण गर्ने महानगरपालिकाको तयारी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २६४ ठाउँमा बस विसौनी निर्माण गर्ने योजना बनाएको छ । यातायात प्रणालीको सुधारका लागि बसको रुट मिलाउने, पेलिकन क्रसिङ् लाइट विस्तार गर्दै जाने, एकतर्फी सडकहरुको व्यवस्थापन गर्ने, मोटरसाइकल ग्यारेज सञ्चालनका लागि मापदण्ड बनाउने, सडकमा कोन र डिभाइडरको व्यवस्थापन गर्ने, पेट्रोल पम्प व्यवस्थापन गर्ने, सडक संकेत र चिन्ह व्यवस्थापन गर्नेलगायत काम गर्ने तयारी पनि महानगरले गरेको छ ।
यससँगै दैनिक उपभोग्य बस्तुको ढुवानी, मालबाहक सवारी, विद्यालयका बसहरुको समय निर्धारण गर्ने, पार्किङ्ग व्यवस्थापन गर्ने, विद्यालयमा यातायात प्रणाली सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुनेछन् । २९ औँ महानगर दिवस २०८० का अवसरमा महानगरपालिकामा आयोजना गरिएको महानगरपालिका र ट्राफिक प्रहरी विच समन्वय तथा सहकार्य सम्बन्धी अन्तरक्रियामा यस सम्बन्धी जानकारी दिइएको हो ।
कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले, संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को पहिलो बैठक सम्पन्न भइसकेको जानकारी गराउँदै सम्बद्ध कार्यालयहरुसँग सहकार्य अगाडि बढाइएको बताए ।
अन्तरक्रियामा प्रस्तुतिकरण गर्दै अतिरिक्त प्रहरी महानिरीक्षक पोषराज पोखरेलले महानगरपालिकासँगको सहकार्यमा जनशक्तिमा प्रोत्साहन बढ्ने, प्रणालीमा सुधार हुने काम गर्न सकिने बताए । बागमती, विष्णुमती, धोवीखोला र मनोहरा करिडोरलाई दुईतर्फी सञ्चालन गराउन पाए सवारी चाप गराउन सकिने बताउँदै पोखरेलले, यसका लागि महानगरपालिकाको भूमिका आवश्यक रहेको बताए ।
यातायात प्रणाली सुधारका विषयमा प्रस्तुतिकरण गर्दै महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले, संकेत चिन्हहरु मिलाउन तत्काल काम थाल्नुपर्ने बताए। यस्ता चिन्हहरु आधिकारिक निकायले मात्र राख्नु पर्ने, अध्ययन गरेर मात्र राख्नु पर्ने भएकोले महानगरपालिकाले यसतर्फ काम गरिरहेको उनको भनाइ थियो । ‘यस्ता चिन्हरु देखिने हुनुपर्छ । स्पष्ट हुनुपर्छ । बुझ्न सजिलो हुनुपर्छ । प्रोत्साहन दिने खालका हुनुपर्छ’, श्रेष्ठले भने, ‘प्रणाली सुधार गर्न धेरै काम गर्नु पर्नेछ । यस बर्ष यातायात क्षेत्रको सुधारका लागि ४४ करोड रुपैयाँ छुट्याएर काम भइरहेको छ ।’
अन्तरक्रियामा विभिन्न ट्राफिक पोष्टमा बसेर काम गरिरहेका इञ्चार्जहरुले आफ्नो क्षेत्रको अवस्थामा विषयमा जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ
-
वाइडबडी भ्रष्टाचार आंशिक ठहर गर्ने अदालतको फैसला
-
१० बजे १० समाचार : ओली सरकारविरुद्ध माओवादीको रणनीतिदेखि सट्टेबाजीमा भारतीय गिरोहसम्म
-
धवनले मनाए ३९ औँ जन्मदिन
-
त्रिवि आमसञ्चार केन्द्रीय विभाग र बोर्डबिच शोधवृत्ति प्रदान गर्ने विषयमा सम्झौता
-
‘विवाहपञ्चमी महोत्सवले नेपाल–भारतबीचको सम्बन्ध प्रगाढ’