काठमाडौँ महानगरमा अटो रिक्सा, ई-रिक्सा र ठेला प्रयोगमा रोक लगाइँदै
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अटो रिक्सा, ई रिक्सा र ठेला प्रयोगमा रोक लगाउने भएको छ । महानगरको यातायात प्रणाली सुधार गर्ने भन्दै पूर्ण रोक लगाउन लागेको हो ।
२९ औँ महानगर दिवस २०८० का अवसरमा आज आयोजित महानगरपालिका र ट्राफिक प्रहरीबिच समन्वय तथा सहकार्यसम्बन्धी अन्तरक्रियामा बोल्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले काठमाडौँमा अटो रिक्सा, ई रिक्सा र ठेला प्रयोगमा पूर्ण रोक लगाउने बताएका हुन् ।
काठमाडौँ महानगरपालिकाले २६४ ठाउँमा बस बिसौनी निर्माण गर्ने योजना समेत अघि सारेको छ । यातायात प्रणालीको सुधारका लागि बसको रुट मिलाउने, पेलिकन क्रसिङ् लाइट विस्तार गर्दै जाने, एकतर्फी सडकहरूको व्यवस्थापन गर्ने, मोटरसाइकल ग्यारेज सञ्चालनका लागि मापदण्ड बनाउने, सडकमा कोन र डिभाइडरको व्यवस्थापन गर्ने, पेट्रोल पम्प व्यवस्थापन गर्ने, सडक सङ्केत र चिन्ह व्यवस्थापन गर्नेलगायत काम गर्ने तयारी गरेको हो ।
दैनिक उपभोग्य बस्तुको ढुवानी, मालवाहक सवारी, विद्यालयका बसहरूको समय निर्धारण गर्ने, पार्किङ व्यवस्थापन गर्ने, विद्यालयमा यातायात प्रणाली सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने समेत महानगरको तयारी छ ।
सङ्घीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को पहिलो बैठक सम्पन्न भइसकेको जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत अधिकारीले सम्बद्ध कार्यालयहरूसँग सहकार्य अगाडि बढाइएको बताए । सानातिना सुधारका काम गर्दा प्रणालीमा सुधार आउँछ भने त्यहीबाट सहकार्य गर्नुपर्नेमा उनको जोड छ ।
अन्तरक्रियामा प्रस्तुतीकरण गर्दै अतिरिक्त प्रहरी महानिरीक्षक पोषराज पोखरेलले महानगरपालिकासँगको सहकार्यमा जनशक्तिमा प्रोत्साहन बढ्ने, प्रणालीमा सुधार हुने काम गर्न सकिने बताए । बागमती, विष्णुमती, धोवीखोला र मनोहरा कोरिडोरलाई दुईतर्फी सञ्चालन गराउन पाए सवारी चाप गराउन सकिने बताउँदै पोखरेलले, यसका लागि महानगरपालिकाको भूमिका आवश्यक रहेको बताए ।
यातायात प्रणाली सुधारका विषयमा प्रस्तुतीकरण गर्दै महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले सङ्केत चिन्हहरू मिलाउन तत्काल काम थाल्नुपर्ने बताए । यस्ता चिन्हहरू आधिकारिक निकायले मात्र राख्नुपर्ने, अध्ययन गरेर मात्र राख्नुपर्ने भएकोले महानगरपालिकाले यसतर्फ काम गरिरहेको उनको भनाइ थियो । यस वर्ष यातायात क्षेत्रको सुधारका लागि ४४ करोड रुपैयाँ छुट््याएर काम भइरहेको महानगरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण