बुटवलका पुराना वामपन्थी नेता पाण्डेय आजपामा प्रवेश
काठमाडौं । बुटवलका पूराना वामपन्थी नेता सागर पाण्डेय आम जनता पार्टी प्रवेश गरेका छन् । पाण्डेयलाई आजपाका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले आज (बुधबार) सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा खादा तथा माला लगाएर स्वागत गरेका हुन् ।
अध्यक्ष साहले पाण्डेयजस्तो वामपन्थी तथा बौद्धिक व्यक्तित्वलाई आफ्नो पार्टीमा स्वागत गर्न पाउँदा खुशी लागेको भन्दै उज्वल राजनीतिक भविष्यको लागि शुभकामना व्यक्त गरेका छन् ।
सो क्रममा आजपाका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र सापकोटा, प्रवक्ता चन्द्रभुषण साह (सीबी), स्थायी कमिटी सदस्य रवीन्द्र सिंह, पार्टी केन्द्रीय कार्यालय सचिवद्धय बालकृष्ण सापकोटा र रञ्जु साहलगायतका नेताहरुले नवप्रवेशी पाण्डेयलाई पार्टीमा स्वागत गरेका हुन् । नवप्रवेशी पाण्डेय २०५० सालदेखि नै एमालेका संगठित सदस्य हुँदै सक्रिय राजनीतिमा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण