मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

बुटवलका पुराना वामपन्थी नेता पाण्डेय आजपामा प्रवेश

बुधबार, २७ मङ्सिर २०८०, १३ : १९
बुधबार, २७ मङ्सिर २०८०

काठमाडौं । बुटवलका पूराना वामपन्थी नेता सागर पाण्डेय आम जनता पार्टी प्रवेश गरेका छन् । पाण्डेयलाई आजपाका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले आज (बुधबार) सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा खादा तथा माला लगाएर स्वागत गरेका हुन् ।

अध्यक्ष साहले पाण्डेयजस्तो वामपन्थी तथा बौद्धिक व्यक्तित्वलाई आफ्नो पार्टीमा स्वागत गर्न पाउँदा खुशी लागेको भन्दै उज्वल राजनीतिक भविष्यको लागि शुभकामना व्यक्त गरेका छन् । 

सो क्रममा आजपाका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र सापकोटा, प्रवक्ता चन्द्रभुषण साह (सीबी), स्थायी कमिटी सदस्य रवीन्द्र सिंह, पार्टी केन्द्रीय कार्यालय सचिवद्धय बालकृष्ण सापकोटा र रञ्जु साहलगायतका नेताहरुले नवप्रवेशी पाण्डेयलाई पार्टीमा स्वागत गरेका हुन् । नवप्रवेशी पाण्डेय २०५० सालदेखि नै एमालेका संगठित सदस्य हुँदै सक्रिय राजनीतिमा थिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप