सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस शुभेच्छुक संगठनहरुको नयाँ नेतृत्वमा देउवा पक्ष ‘शून्यप्राय’

आइतबार, २५ चैत २०७४, १२ : ३०
आइतबार, २५ चैत २०७४

काठमाडौं– शनिबार सम्पन्न काँग्रेस निकटका संगठनको अधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह हावी भएको छ । नेपाल सार्वजनिक कर्मचारी संघ, नेपाल वित्तीय कर्मचारी संघ , नेपाल प्रजातान्त्रिक इन्जिनियर्स (सेडन) र छापाखाना श्रमीक संघमा काँग्रेस सभापति शेरवहादुर देउवा समुहको उपस्थिती अत्यन्तै न्युन रहेको हो । 

नेपाल सार्वजनिक कर्मचारी संघमा सबै पदाधिकारी पौडेल समूहवाट निर्वाचित भएका छन् । देउवा समूहको केन्द्रिय समितिमा उपस्थिति शून्य रहेको बताइएको छ । ४१ सदस्यीय केन्द्रिय समितिमा सभापति दुई सदस्य मात्रै निर्वाचित भएको वताइएको छ । पदाधिकारीमा देउवा पक्ष निल भएको उप महासचिवमा विजयी सरस्वती केसी भण्डारीले वताइन् ।

पुतलीसडक स्थित एक पार्टी प्यालेसमा भएको अधिवेसनको प्रमुख अतिथी सभापति देउवा बनेका थिए । शुक्रवार शुरु भएर शनिवार सकिएको अधिवेसनमा डा. शेखर कोइराला विशेष अतिथी भएका थिए । पौडेल पक्षका जनार्दन भट्टराइले देउवा समूहका मणिल ओझालाई हराएका थिए । विद्युत् प्राधिकारणमा कार्यरत भट्टराइले ३६० मत ल्याएका थिए भने नेपाल टेलिकममा कार्यरत ओझाले १५४ मत ल्याएका थिए । निर्वाचित कार्यसमितीमा अन्य पदहरुमा पनि पौडेल पक्षका चुनिएका छन् ।

सार्वजनीक कर्मचारी संघमा विद्युत प्राधिकरण,टेलिकम,खेलकुद परिषद,खाद्य संस्थान,सिटीइभिटी ,खानेपानी संस्थान , केयुकेल लगायतका २५ सरकारी कार्यालयमा कार्यरत नेपाली काँग्रेस निकटका कर्मचारीहरु आवद्ध छन् ।

शुक्रवार भएको वित्तीय कर्मचारी संघको अधिवेसनमा पनि देउवा समुह पराजित भएको छ । पुर्व महामन्त्री प्रकाशमान सिंहले वल्र्ड ट्रेड सेन्टरमा उद्घाटन गरेको अधिवेसनमा सभापति पक्षले शुन्य नतिजा निकालेको वताइएको छ ।

अधिवेसनबाट पौडेल निकट पदमराज रेग्मी अध्यक्षमा निर्वाचित गरेको छ । राष्ट्रवैंकमा कार्यरत रेग्मीले देउवा निकटका रमेश रावललाई हराएका थिए । रेग्मीले १२८ मत ल्याउँदा पराजित रावलले ९१ मत ल्याई हारमा चित्त वुझाए । अध्यक्ष, उपमहासचिव, कोषाध्यक्ष र खुला सदस्यका लागि निर्वाचन भएको थियो भने अन्य पदमा निर्विरोध चयन भएका थिए ।

वित्तीय कर्मचारी संघमा वैंक र इन्सुरेन्स गरि ४५ वित्तीय संस्थाका काँग्रेस निकट कर्मचारीहरुको आवद्धता छ । ३२ सदस्यीय कार्यसमितीमा सभापति देउवा समुहले कुनै पनि सदस्यमा जित निकाल्न सकेन ।
शनिवार भएको काँग्रेस शुभेच्छुक संगठन नेपाल प्रजातान्त्रिक इन्जिनियर्समा पनि पौडेल पक्ष नै वलियो भएको छ । ललितपुर स्थित ज्वागलमा भएको अधिवेसनबाट अध्यक्षमा पौडेल निकट शंकर प्रसाद पण्डितले प्रतिद्धन्दी मुकेश काफ्लेलाई हराएका थिए ।

काँग्रेस नजिकका इन्जिनियरहरुको अधिवेसनमा देउवा समुहका एक सदस्यले मात्रै जित निकालेका थिए । १५ सदस्यीय कार्यसमितीमा पौडेल पक्षका १४ जना विजयी भएका थिए । पौडेल पक्षका पण्डितले अध्यक्षमा विजयी हुँदा ५४४ मत ल्याएका थिए भने देउवा पक्षका काफ्लेले ३८९ मत ल्याएका थिए ।

निर्वाचित पदाधिकारीमा पण्डित प्यानलका उपाध्यक्ष, महासचिव सहित १४ सदस्यले विजयी भएका थिए । उपाध्यक्षमा लक्ष्मण केसी र महासचिवमा विनोद प्रकाश पण्डित विजयी भएका थिए । एक हजार ८५४ अधिवेसन प्रतिनिधीमा ९५० मत खसेको अध्यक्षमा विजयी पण्डितले जानकारी गराए ।

शनिवार सकिएको छापाखाना श्रमिक संघको अधिवेसनमा पनि अध्यक्ष महासचिव लगायतका अधिकांश पदमा पौडेल पक्ष विजयी भएको छ । छापाखाना श्रमिक संघको अधिवेसनलाई महामन्त्री डा. शशांक कोइराला निकट पुर्वमन्त्री सञ्जय गौतम उद्धघाटन गरेका थिए । ३१ सदस्यीय कार्यसमिती निर्विरोध चयन गरिएको थियो ।

श्रमिक संघको नयाँ कार्यसमितीमा अध्यक्षमा सुर्वणजंग सिजापति,सह अध्यक्षमा अर्जुन पाठक ,महासचिवमा सूर्य नेपाल निर्वाचित भएको छन् ।

यसैबीच ट्रेड युनियन काँग्रेसको काठमाडौं जिल्ला अधिवेसन विवादका कारण रोकिएको छ । चैत्र १४ का लागि तोकिएको अधिवेसनमा विवाद नसुल्झिपछि भोली ( चैत्र २६) का लागि तोकिएको छ । ट्रेड युनियनका केन्द्रिय अध्यक्ष खिलानाथ दाहाल विवादको कारणले मानसिक तनाव भई उपचारका क्रममा रहेको वताइएको छ । केन्द्रिय अध्यक्ष दाहाल सभापति निकटका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप