४ महिनामा सरकारले खर्च गर्यो ३५५ अर्ब ६३ करोड
काठमाडौँ । चार महिनामा सरकारले ३५५ अर्ब ६३ करोड रुपैयाँ खर्च गरेर सकेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको आर्थिक् तथा वित्तीय अवस्थासम्बन्धी रिपोर्टअनुसार चार महिनामा नेपाल सरकारको कुल खर्च रु.३५५ अर्ब ६३ करोड भएको हो ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारी खर्च गत आर्थिक वर्षको पहिलो चार महिनामा २२.१ प्रतिशतले वृद्घि भएकोमा समीक्षा अवधिमा १.३ प्रतिशतले मात्र वृद्घि भएको छ ।
समीक्षा अवधिमा चालु खर्च रु.२७१ अर्ब १७ करोड, पुँजीगत खर्च रु.२९ अर्ब ९९ करोड र वित्तीय व्यवस्था खर्च रु.५४ अर्ब ४७ करोड रहेको छ ।
यस्तै समीक्षा अवधिमा सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) रु.२७६ अर्ब ६४ करोड भएको छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा १९.८ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा ३.० प्रतिशतले बढेको बैंकले जनाएको छ ।
यस अन्तर्गत कर राजस्व रु.२५४ अर्ब ३० करोड र गैर कर राजस्व रु.२२ अर्ब ३४ करोड परिचालन भएको छ । यस्तै कात्तिक मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा रु.१५२ अर्ब ४० करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८० असार मसान्तमा यस्तो मौज्दात रु.७१ अर्ब ९८ करोड रहेको बैंकको भनाइ छ।
यसैगरी समीक्षा अवधिमा प्रदेश सरकारहरुको कुल खर्च रु.२३ अर्ब ७६ करोड र स्रोत परिचालन रु.४३ अर्ब३३ करोड रहेको छ । प्रदेश सरकारहरुको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी रु.३० अर्ब ३ करोड र प्रदेश सरकारहरुले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व रु.१३ अर्ब ३१ करोड रहेको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण