मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

एमालेबाट आजपा प्रवेश गरेका पाण्डेलाई लुम्बिनी प्रदेश अध्यक्षको जिम्मेवारी

शुक्रबार, २९ मङ्सिर २०८०, ०८ : ५६
शुक्रबार, २९ मङ्सिर २०८०

बुटवल । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले लुम्बिनी प्रदेश कमिटी अध्यक्षामा नारायण प्रसाद पाण्डेलाई चयन गरेको छ । एमाले रुपन्देहीका नेता उनी केही दिन पहिले मात्रै आजपामा प्रवेश गरेका थिए । आजपाको बागमती प्रदेश कमिटीको बैठकका क्रममा पार्टी प्रवेश गरेका उनलाई अध्यक्ष साहले पार्टीमा स्वागत गरेका थिए । 
उनै पाण्डेलाई आजपाले प्रदेश अध्यक्ष चयन गर्दै प्रदेश कमिटी गठन गरेको छ । 

प्रदेश कमिटीको इन्चार्ज सुमिना हुसेनाई तोकिएको छ भने सहइन्चार्जमा प्रमानन्द वर्मा र विक्रम चौधरी रहेका छन् । यसैगरी प्रदेश सचिवमा आशा सञ्जेललाई चयन गरिएको सो पार्टीका महासचिव उमेश साहले जानकारी दिए । 

आजपाले देशमा जनताको शासन व्यवस्था स्थापना गर्नुपर्ने भन्दै आफ्नो राजनीतिक अभियान सञ्चालन गर्दै आएको छ । जसअनुसार भ्रष्टाचार, बेथिति, पुँजीपलायत लगायतका विषयमा सशक्त आवाज उठाउँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप