मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

एक चौथाइ कर्मचारी निकाल्दै जनरल मोटर्सको स्वचालित एकाइ

शुक्रबार, २९ मङ्सिर २०८०, १४ : १९
शुक्रबार, २९ मङ्सिर २०८०

क्यालिफोनिर्या । अमेरिकी कार निर्माता कम्पनी जनरल मोटर्स (जीएम)ले समस्याग्रस्त स्वचालित कार एकाइबाट उच्च संख्यामा कर्मचारी कटौती गर्ने भएको छ । बिहीबार कम्पनीको सहायक कम्पनी क्रुजले एक चौथाइ कर्मचारीलाई कामबाट निकाल्ने घोषणा गरेको हो ।

महिनौँसम्मको उथलपुथल र आर्थिक क्षतिपछि कम्पनी यो निर्णयमा पुगेको बताइएको छ । यो निर्णयले कम्पनीमा कार्यरत करिब नौ सय कर्मचारी प्रभावित हुने बताइएको छ । अधिकांश कर्मचारी कमर्शियल र कर्पोरेट क्षेत्रका भएको बताइएको छ । अक्टोबरमा कम्पनीको एउटा चालकरहित सवारी साधनले सन फ्रान्सिस्कोमा एक पैदलयात्रीलाई हिर्काएको थियो ।

यो दुघर्टनापछि क्यालिफोनिर्याका नियामकहरुले क्रुजको चालकरहित ट्याक्सीको परीक्षण अनुमति निलम्बित गरिदिएका थिए । यो लगत्तै कम्पनीले अमेरिकाभर आफ्नो सञ्चालन बन्द गरिदियो । नोभेम्बरमै जनरल मोटर्सले क्रुजमा खर्च कटौतीको घोषणा गरेको थियो । बुधबार क्रुजका प्रमुख सञ्चालन अधिकारी समेत ९ कार्यकारी अधिकारीरुले कम्पनी छोडेको भन्दै रोयटर्सले समाचार छापेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप