एक चौथाइ कर्मचारी निकाल्दै जनरल मोटर्सको स्वचालित एकाइ
क्यालिफोनिर्या । अमेरिकी कार निर्माता कम्पनी जनरल मोटर्स (जीएम)ले समस्याग्रस्त स्वचालित कार एकाइबाट उच्च संख्यामा कर्मचारी कटौती गर्ने भएको छ । बिहीबार कम्पनीको सहायक कम्पनी क्रुजले एक चौथाइ कर्मचारीलाई कामबाट निकाल्ने घोषणा गरेको हो ।
महिनौँसम्मको उथलपुथल र आर्थिक क्षतिपछि कम्पनी यो निर्णयमा पुगेको बताइएको छ । यो निर्णयले कम्पनीमा कार्यरत करिब नौ सय कर्मचारी प्रभावित हुने बताइएको छ । अधिकांश कर्मचारी कमर्शियल र कर्पोरेट क्षेत्रका भएको बताइएको छ । अक्टोबरमा कम्पनीको एउटा चालकरहित सवारी साधनले सन फ्रान्सिस्कोमा एक पैदलयात्रीलाई हिर्काएको थियो ।
यो दुघर्टनापछि क्यालिफोनिर्याका नियामकहरुले क्रुजको चालकरहित ट्याक्सीको परीक्षण अनुमति निलम्बित गरिदिएका थिए । यो लगत्तै कम्पनीले अमेरिकाभर आफ्नो सञ्चालन बन्द गरिदियो । नोभेम्बरमै जनरल मोटर्सले क्रुजमा खर्च कटौतीको घोषणा गरेको थियो । बुधबार क्रुजका प्रमुख सञ्चालन अधिकारी समेत ९ कार्यकारी अधिकारीरुले कम्पनी छोडेको भन्दै रोयटर्सले समाचार छापेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण