सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

१० खेलाडीमा सीमित स्पर्सको जीत

शनिबार, ३० मङ्सिर २०८०, ०६ : ४३
शनिबार, ३० मङ्सिर २०८०

लण्डन । १० खेलाडीमा सीमित टोटनह्याम हटस्पर्सले नटिङह्याम फरेस्टलाई हराउँदै प्रिमियर लिगको शीर्ष चारमा आफ्नो दाबेदारी कायम राखेको छ । स्पर्ससँग ०–२ गोल अन्तरले पराजित फरेस्टको पछिल्ला ६ खेलमा यो पाचौँ पराजय हो ।

पहिलो हाफको इन्जुरी समयमा रिचार्लिसनले गोल गर्दै स्पर्सलाई अग्रता दिलाएका थिए । पछिल्ला दुई खेलमा स्पर्सका लागि उनको यो तेस्रो गोल थियो । उनले टोलीका लागि लगातार दुई खेलमा गोल गरेको सन् २०२२ को मेपछि यो पहिलोपटक हो ।

दोस्रो हाफमा डेजान कुलुसेभस्कीले टोलीको अग्रता दोब्बर बनाए । ७० औँ मिनेटमा येभ्स बिसोमाले रातो कार्ड खाएपछि स्पर्स १० खेलाडीमा सीमित बनेको थियो । तर, त्यसपछि विपक्षी टोलीलाई रोक्दै स्पर्सले ३ अङ्क बटुल्न सफल रह्यो ।

जीतपछि स्पर्स १७ खेलबाट ३३ अङ्क बटुल्दै लिगको पाँचौँ स्थानमा रहेको छ । एक खेल कम खेलेको सिटीसँग उसले अङ्क बराबरी गर्न सफल भएको छ । उता फरेस्ट भने १४ अङ्कसहित लिगको १६ औँ स्थानमा सीमित रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप