१० खेलाडीमा सीमित स्पर्सको जीत
लण्डन । १० खेलाडीमा सीमित टोटनह्याम हटस्पर्सले नटिङह्याम फरेस्टलाई हराउँदै प्रिमियर लिगको शीर्ष चारमा आफ्नो दाबेदारी कायम राखेको छ । स्पर्ससँग ०–२ गोल अन्तरले पराजित फरेस्टको पछिल्ला ६ खेलमा यो पाचौँ पराजय हो ।
पहिलो हाफको इन्जुरी समयमा रिचार्लिसनले गोल गर्दै स्पर्सलाई अग्रता दिलाएका थिए । पछिल्ला दुई खेलमा स्पर्सका लागि उनको यो तेस्रो गोल थियो । उनले टोलीका लागि लगातार दुई खेलमा गोल गरेको सन् २०२२ को मेपछि यो पहिलोपटक हो ।
दोस्रो हाफमा डेजान कुलुसेभस्कीले टोलीको अग्रता दोब्बर बनाए । ७० औँ मिनेटमा येभ्स बिसोमाले रातो कार्ड खाएपछि स्पर्स १० खेलाडीमा सीमित बनेको थियो । तर, त्यसपछि विपक्षी टोलीलाई रोक्दै स्पर्सले ३ अङ्क बटुल्न सफल रह्यो ।
जीतपछि स्पर्स १७ खेलबाट ३३ अङ्क बटुल्दै लिगको पाँचौँ स्थानमा रहेको छ । एक खेल कम खेलेको सिटीसँग उसले अङ्क बराबरी गर्न सफल भएको छ । उता फरेस्ट भने १४ अङ्कसहित लिगको १६ औँ स्थानमा सीमित रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण