जीवनयात्राको बहाव
सूर्योदयका नाङ्गा किरणहरू
उदाङ्गिए जस्तै
सम्बन्धहरू पनि
उदाङ्गिँदै जान्छन्
अनि सुरुवात हुन्छ
एउटा सतही शत्रुताका रूपमा ।
दुई देशबीचको
सीमामा कोरिएको
रेखा जस्तै
यसमा एउटा दायरा हुन्छ
पार गर्न नसकिने
मर्यादा
अनि
विधि विधानको चपेटा ।
मरुभूमिमा पानी बिलाए जस्तै
खुसीहरू बिलाउँदै जान्छन्
काला रातमा देखिएका
टहटह जुन जस्तै
दुःखहरू टुप्लुक्क
देखा पर्दै जान्छन्
अनि नारदमुनि जस्ता
कुरौटेहरू
जहीँ तहीँ सक्रिय रहन पुग्छन् ।
भरोसाहरू टुट्दै गएका हुन्छन् ।
विश्वासहरू फाँडिँदै जान्छन् ।
न लाज न सरम
बेपरवाह हुन्छ
न त मर्यादा नै
विश्वव्यापीकरण जस्तै
सीमाविहीन
सम्बन्ध हो
मित्रता ।
यसको कुनै परिधि हँुदैन
न त दसगजा नै
हुन्छ त केवल
मरियाना ट्रेन्चभन्दा गहिरो
निष्कलङ्क गाढा सम्बन्ध
जहाँ खुसीहरू
लापरवाह हुन्छन् ।
सूर्यास्तका गोधुलीहरू
बिलाए जस्तै
दुःखहरू बिलाउँदै गएका हुन्छन् ।
मर्यादाविहीन
अनन्तकालीन
मित्रता ।
–सुनसरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
-
'मानव अधिकार आयोग प्रधानमन्त्रीसँग डराएको छैन'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण