नेपाली मूलका सेवानिवृत अमेरिकी सैनिक पोखरेलद्वारा भर्जिनियाको १० औँ निर्वाचन क्षेत्रबाट उम्मेदवारी घोषणा
अमेरिका । नेपाली मूलका सेवानिवृत अमेरिकी सैनिक तथा राष्ट्रिय सुरक्षा सेवा लगायतमा अनुभव बटुलेका एड्रियन पोखरेलले भर्जिनियाको १० औँ निर्वाचन क्षेत्रबाट उम्मेदवारी घोषणा गरेका छन् ।
उनको नेपाल मूल घर सुनसरी धरान विजयपुर हो । उनी अफगानिस्तानमा हुँदा युद्धमा घाइते भएका थिए । उनले डेमोक्र्याटिकको तर्फबाट अर्को वर्ष २०२४ को नोभेम्बरमा हुने अमेरिकी संसद पदको लागि डिसेम्बर १७ ,२०२३ आइतबारका दिन आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
अमेरिकी मूलधारको राजनीतिमा होमिँदै उनले अमेरिकी सांसदको लागि भर्जिनिया राज्यको १० औँ कंग्रेसनल जिल्लाको लागि उम्मेदवारी घोषणा गरेको बताए । उनको उम्मेदवारी भर्जिनिया राज्यको लागि राज्य जन प्रतिनिधि नभई सिधै अमेरिकी संसदका लागि उम्मेदवारी हो ।
भर्जिनियाको गेन्सभिल बसोबास गर्दै आएका एड्रियन पोखरेल एक अनुभवी सार्वजनिक सेवक हुन् । पोखरेलले अमेरिकी राष्ट्रिय सुरक्षा र सामुदायिक सेवामा ३ दशकभन्दा बढीको अनुभव बोकेका छन्।
एक आधिकारिक वक्तव्य जारी गर्दै पोखरेलले भने, ‘काँग्रेसमा उम्मेदवारी दिने घोषणा गर्न पाउँदा म उत्साहित छु । मेरो जीवन वृति (क्यारियर) सेना, राष्ट्रिय सुरक्षा एजेन्सी, र केन्द्रीय गुप्तचर संस्थासँग समेत बिस्तार गर्ने अवसर पाएकोले १० औँ जिल्लाका जनताको लागि सेवा गर्न मलाई अनुभवले तयार पारेको छ। म एकतालाई बढवा दिन र आर्थिक वृद्धिलाई प्रोत्साहन गर्न प्रतिबद्ध छु।
उनको मुख्य कार्यसूची अनुसार जिल्लाको समृद्धिलाई अगाडि बढाउन र वाशिंगटनमा प्रभावकारी रूपमा यसका बासिन्दाहरूलाई प्रतिनिधित्व गर्न आफ्नो व्यापक पृष्ठभूमिको लाभ उठाउने लक्ष्य राखेको उल्लेख गरेका छन् ।
पोखरेलको चुनावी अभियानको केन्द्रबिन्दु "यु म्याटर" दर्शन हो अर्थात् जनता नै महत्त्व रहेको छ । सबै घटकहरूलाई फाइदा पुग्ने समावेशी समाधानहरूमा ध्यान केन्द्रित गर्दै उनले जिल्लाका विविध समुदायहरूलाई एकताबद्ध गर्ने योजना बनाएका छन् ।
पोखरेलले १० औँ जिल्लामा निष्ठा र पारदर्शिताका साथ कार्य गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण