त्रिविको दीक्षान्त समारोहमा बन्यो विश्व रेकर्ड (प्रमाणपत्रसहित)
काठमाडौँ । त्रिभुवन विश्व विद्यालयको ४९ औँ दीक्षान्त समारोहमा विश्व रेकर्ड बनेको छ । ‘अफिसियल वर्ल्ड रेकर्ड’ नामक संस्थाले २६ हजार भन्दा बढी मानिसको भौतिक उपस्थितिमा दीक्षान्त समारोह सम्पन्न गरेको भन्दै त्रिविलाई विश्व रेकर्डको प्रमाणपत्र प्रदान गरेको हो ।
दीक्षान्त समारोहको इतिहासमै २६ हजार भन्दा बढीको सहभागिता रहेको र त्यसमा महिलासहितका महानुभावहरु (अभिभावक, दीक्षित विद्यार्थी र अतिथिहरु) को उपस्थिति रहेको त्रिविलाई प्रदान गरिएको प्रमाणपत्रमा उल्लेख छ ।
धेरै विद्यार्थीलाई एकैपटक दीक्षित गराउने दाबीसहित त्रिविले रेकर्डका लागि उक्त संस्थालाई अनुरोध गरेको थियो। सोहीका लागि अवलोकन गर्न संस्थाको प्रतिनिधि टोली काठमाडौँ आएको थियो ।
राजधानीको दशरथ रंगशालामा सम्पन्न दीक्षान्त समारोहमा सहभागी हुन १२ हजार ४१५ जना विद्यार्थीले अनलाइनमार्फत आवेदन भरेका थिए। गत वर्ष त्रिविबाट ७३ हजार बढी विद्यार्थी पास आउट भएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण