डा.नवराजको ‘ठुली’मा श्रद्धा र गौरवको रोमान्स
मङ्गलबार, ०३ पुस २०८०, १२ : ३०
काठमाडौँ । डाक्टर नवराज प्रधानको नयाँ गीत ’ठुली’ रिलिज भएको छ । ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गीतमा शब्द, सङ्गीत र स्वर डा. प्रधानकै छ । गीतको सङ्गीत संयोजन कालिप्रसाद बास्कोटाले गरेका हुन् ।
गीतको भिडियो पनि बनेको छ । जसमा अभिनेता गौरव पहारी र अभिनेत्री श्रद्धा क्षेत्री फिचर्ड छन् । प्रेमी–प्रेमिकाको भूमिकामा यी दुई भिडियोमा देखाइएको छ । परिवारका कारण प्रेम सम्बन्धमा आउने उतारचढावको कथा भिडियोले देखाउन खोजेको छ ।
गौरव र श्रद्धाका अलावा भिडियोमा निर्मल शर्मा, राम बहादुर अधिकारी लगायतका कलाकारको समेत अभिनय देख्न सकिन्छ । गौतमराज खड्काको निर्देशन रहेको भिडियोमा सौरभ लामाको छायाङ्कन र गौतमराज खड्काको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण