डा.नवराजको ‘ठुली’मा श्रद्धा र गौरवको रोमान्स
मङ्गलबार, ०३ पुस २०८०, १२ : ३०

काठमाडौँ । डाक्टर नवराज प्रधानको नयाँ गीत ’ठुली’ रिलिज भएको छ । ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गीतमा शब्द, सङ्गीत र स्वर डा. प्रधानकै छ । गीतको सङ्गीत संयोजन कालिप्रसाद बास्कोटाले गरेका हुन् ।
गीतको भिडियो पनि बनेको छ । जसमा अभिनेता गौरव पहारी र अभिनेत्री श्रद्धा क्षेत्री फिचर्ड छन् । प्रेमी–प्रेमिकाको भूमिकामा यी दुई भिडियोमा देखाइएको छ । परिवारका कारण प्रेम सम्बन्धमा आउने उतारचढावको कथा भिडियोले देखाउन खोजेको छ ।
गौरव र श्रद्धाका अलावा भिडियोमा निर्मल शर्मा, राम बहादुर अधिकारी लगायतका कलाकारको समेत अभिनय देख्न सकिन्छ । गौतमराज खड्काको निर्देशन रहेको भिडियोमा सौरभ लामाको छायाङ्कन र गौतमराज खड्काको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘वात्सल्य’ बन्यो ‘द भ्वाइस किड्स नेपाल’को मुख्य प्रायोजक
-
भारतमा भएको विमान दुर्घटनाको नेपालद्वारा दु:ख व्यक्त
-
कमजोरी सच्याउँदै आन्दोलन नयाँ ढंगले अघि बढ्छ : कमल थापा
-
मुग्लिन–मलेखु सडक राति बन्द गरेर स्तरोन्नति गरिने
-
कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु
-
विमान दुर्घटनाका प्रत्यक्षदर्शी भन्छन्, ‘भूकम्प आएको जस्तो महसुस भयो’