भारतमा चिनीको उत्पादन घट्यो
मङ्गलबार, ०३ पुस २०८०, १३ : २०
नयाँ दिल्ली । भारतमा चिनीको उत्पादन घटेको छ । गत वर्षको सोही अवधिको तुलनामा डिसेम्बर १५ सम्मको अवधिमा चिनीको उत्पादन १० प्रतिशतभन्दा धेरैले घटेको भारतीय चिनी मिल एसोसिएसन (इस्मा)ले भनेको छ ।
डिसेम्बर १५ सम्मको अवधिमा भारतमा कूल ७४ लाख ५ हजार टन चिनी उत्पादन भएको छ । यो एक वर्ष अघिको तुलनामा १० दशमलव ७ प्रतिशत कम हो । गएको वर्षको सोही अवधिमा ८२ लाख ९५ हजार टन चिनी उत्पादन भएको थियो ।
२४ लाख २५ हजार टन सहित महाराष्ट्र शीर्ष स्थानमा छ । दोस्रो स्थानमा उत्तर प्रदेश र तेस्रोमा कर्णाटक रहेको इस्माले भनेको छ । यी दुई राज्यको चिनी उत्पादन क्रमशः २२ लाख ११ हजार टन र १६ लाख ९५ हजार टन रहेको छ । अल्प वर्षाका कारण चालु सिजनमा महाराष्ट्र र कर्णाटकको चिनी उत्पादन घट्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बुँदे ‘हेटौँडा घोषणापत्र’ जारी गर्दै सकियो बागमती मिडिया सम्मेलन
-
विश्वकप खेल्न अमेरिका पुगेका इराकी स्ट्राइकरलाई विमानस्थलमै सात घण्टा केरकार, फोटोग्राफरलाई देश प्रवेशमा रोक
-
रास्वपा प्रदेश अधिवेशन कार्यविधि : को–को हुन्छन् प्रतिनिधि ? कसरी चुनिन्छन् ?
-
दिल्लीमा रास्वपा सरकारका पाँच प्राथमिकता
-
नौ बुँदे सन्देशपत्र जारी गर्दै अन्तर–व्यवस्थापिका मञ्चको एघारौँ सम्मेलन सम्पन्न
-
किन उत्तर कोरिया जाँदैछन् सी जिनपिङ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण