शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा चिनीको उत्पादन घट्यो

मङ्गलबार, ०३ पुस २०८०, १३ : २०
मङ्गलबार, ०३ पुस २०८०

नयाँ दिल्ली । भारतमा चिनीको उत्पादन घटेको छ । गत वर्षको सोही अवधिको तुलनामा डिसेम्बर १५ सम्मको अवधिमा चिनीको उत्पादन १० प्रतिशतभन्दा धेरैले घटेको भारतीय चिनी मिल एसोसिएसन (इस्मा)ले भनेको छ ।

डिसेम्बर १५ सम्मको अवधिमा भारतमा कूल ७४ लाख ५ हजार टन चिनी उत्पादन भएको छ । यो एक वर्ष अघिको तुलनामा १० दशमलव ७ प्रतिशत कम हो । गएको वर्षको सोही अवधिमा ८२ लाख ९५ हजार टन चिनी उत्पादन भएको थियो ।

२४ लाख २५ हजार टन सहित महाराष्ट्र शीर्ष स्थानमा छ । दोस्रो स्थानमा उत्तर प्रदेश र तेस्रोमा कर्णाटक रहेको इस्माले भनेको छ । यी दुई राज्यको चिनी उत्पादन क्रमशः २२ लाख ११ हजार टन र १६ लाख ९५ हजार टन रहेको छ । अल्प वर्षाका कारण चालु सिजनमा महाराष्ट्र र कर्णाटकको चिनी उत्पादन घट्ने अपेक्षा गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप