दुई पोष्टर सार्वजनिक गर्दै ‘पर्खी बसें तिमीलाई’ले थाल्यो प्रचार

काठमाडौँ । दीपक श्रेष्ठ निर्देशित नयाँ फिल्म ‘पर्खी बसें तिमीलाई’को दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पौष २७ मा प्रदर्शन हुने फिल्मले पोष्टर सार्वजनिकसँगै प्रचार प्रसार पनि थालेको हो ।
सार्वजनिक दुई पोस्टरमध्ये एकमा प्रेम भाव देखाइएको छ भने, दोस्रोमा प्रेमले निम्त्याउने वेदना प्रस्तुत गरिएको छ । निर्देशक श्रेष्ठले ‘पर्खी बसे’ मार्फत नयाँ कलाकारका रुपमा राजबल्लभ कोइराला र युना उप्रेतीलाई प्रवेश गराएका थिए । यो फिल्म मार्फत उनले किरण श्रेष्ठ र रक्षा बुढाथोकीलाई डेब्यु गराएका छन् ।
सार्वजनिक दुई पोस्टरमार्फत एउटामा दुई कलाकारको प्रेम र अर्कोमा सम्पूर्ण कलाकारको भावना प्रस्तुत गरिएको निर्देशक श्रेष्ठले बताए । उनले भने, ‘यो विसुद्ध प्रेम कथानक फिल्म हो ।’
फिल्ममा लोकप्रिय गीत ‘कालो चस्मा लाऊ है मैया’ रीमेक गरिएको छ । ‘बादलपारी’ फिल्ममा समावेश लोकप्रिय गीतको रीमेकमा सुरेन्द्र राणाकै शब्द र शम्भुजित बाँस्कोटाको सङगीत छ । गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाएका छन् ।
फिल्मका निर्माता राजाराम बुढाथोकी हुन् । रोमान फिल्म र तपश्री फिल्म्स (सिक्किम) को सङ्युक्त व्यानरमा निर्माण गरिएको फिल्ममा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।
राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायाङकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन रहेको फिल्ममा रामजी लामिछाने र निशा रसाइलीको नृत्य छ ।
फिल्मको छायाङ्कन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘टेक एन्ड पे’ नीतिले अन्योल, लगानीकर्ताले पीपीएमा हस्ताक्षर गर्न मानेनन्
-
प्रतिनिधिसभा बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित
-
विपक्षीले खोज्यो छानबिन समितिको लिखित प्रतिबद्धता, सत्तापक्ष छलफलमा
-
प्रदेश सांसद सिंहले आफ्नै खातामा जम्मा गराउँथे कमिसन
-
ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन : २०२४ को नेशनल स्टुडेन्ट सर्भेमा लण्डनभर बिजनेस स्टडीतर्फ दोस्रो स्थान
-
मधेश प्रदेशका सांसद सरोजकुमार सिंह अख्तियारको नियन्त्रणमा