सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

साताको कारोबारको अन्तिम दिन घट्यो नेप्से, ६ अर्ब २७ करोड बराबरको कारोबार

बिहीबार, ०५ पुस २०८०, २२ : ३९
बिहीबार, ०५ पुस २०८०

काठमाडौँ । निरन्तर उकालो लागिरहेको सेयर बजारमा साताको अन्तिम कारोबार दिन भने ३२ अंक भन्दा माथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से सूचक ३२.७७ अंकले घट्दै २१०९.१० अंकमा झरेको हो । अघिल्लो दिन नेप्से सूचक ३५.३९ अंकले बढ्दै ३१४१.८७ अंकमा उक्लिएको थियो । 

यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ६ अंकले घटेर ३९६.६२ अंकमा झरेको नेप्सेले जनाएको छ । 

आज नेप्से सूचकसँगै कारोबारमा समेत केही गिरावट आएको छ । अघिल्लो दिन ७ अर्ब ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज कारोबार घटेर ६ अर्ब २७ करोड ४३ लाख रुपैयाँ झरेको हो । 

आज म्यानु एण्ड प्रो र ट्रेडिङ समूहको उपसूचक बाहेक बाँकी ११ वटा उपसूचक ऋणात्मक भएका छन् । 

बोटलर्स नेपाल (बालाजु), आशा लघुवित्त वित्तीय संस्था, धौलागिरि लघुवित्त वित्तीय संस्था, बीपीडब्लू लघुवित्त वित्तीय संस्था र चिरखावा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने सूर्यज्योति लाइफ इन्स्योरेन्स र उन्नत सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य आज क्रमशः ७.४४ प्रतिशत र ७.२६ प्रतिशतले घट्न पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप