बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

दुई संसदीय समितिको बैठक बस्दै

शुक्रबार, ०६ पुस २०८०, ०९ : ३०
शुक्रबार, ०६ पुस २०८०

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल हुनेछ । 

साथै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि उपसमितिको प्रतिवेदनसहित छलफल हुनेछ । 

त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे विज्ञहरूसँग छलफल हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप