खेलका क्रममा पाखुरामा ‘कालो पट्टी’ बाँधेपछि अस्ट्रेलियन क्रिकेटरलाई आईसीसीको चेतावनी
काठमाडौँ । अस्ट्रेलियन क्रिकेटर उसमान ख्वाजा खेलका क्रममा पाखुरामा कालो पट्टी बाँधेपछि विवादमा परेका छन् । उनलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले चेतावनी पनि दिएको छ । ३७ वर्षीय ख्वाजा पाकिस्तानविरुद्धको पहिलो टेस्टका क्रममा पाखुरामा कालो पट्टी बाँधेर मैदानमा ओर्लिएका थिए ।
गाजामा सर्वसाधारणमाथि भइरहेको आक्रमणको विरोध गर्दै उनले पाखुरामा कालो पट्टी बाँधेका हुन् । आईसीसीले ख्वाजामाथि पोशाक सम्बन्धी नियम उल्लङ्घन गरेको आरोप लगाएको छ । यद्यपि पाकिस्तानविरुद्धको दोस्रो टेस्ट खेल्न आईसीसीले उनलाई रोक लगाएको छैन ।
अस्ट्रेलिया र पाकिस्तानबिचको दोस्रो टेस्ट डिसेम्बर २६ तारिखमा सुरु हुँदै छ । यदि दोस्रो टेस्टका क्रममा पनि पाखुरामा कालो पट्टी बाँधे भने उनी प्रतिबन्धमा पर्नेछन् । आईसीसीको अनुमति नलिई खेलका क्रममा कुनै पनि खेलाडीले आफ्नो पोशाकमा कुनै परिवर्तन गर्न पाउँदैन ।
इजराइल–गाजा द्वन्द्वका क्रममा हालसम्म गाजामा २० हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको समाचारहरुले जनाएका छन् । हमासले गत अक्टोबर ७ तारिखमा इजरायलमा रकेट आक्रमण गरेको थियो । त्यसको जवाफमा इजरायलले लगातार गाजामा आक्रमण गरिरहेको छ ।
आईसीसीको नियमअनुसार, अन्तर्राष्ट्रिय प्रतियोगिताका क्रममा कुनै पनि खेलाडीले राजनीति, धार्मिक, जातीय र रंगभेदी ब्यवहार दर्शाउने गतिविधि गर्न पाउँदैनन् । पाकिस्तानको इस्लामाबादमा जन्मिएका ख्वाजाले भने आफूले मानवताको समर्थन गर्दै हातमा कालो पट्टी बाँधेको दाबी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण