पाल्पामा टिपर दुर्घटना हुँदा १ जनाको मृत्यु, २ जना गम्भीर घाइते
शुक्रबार, ०६ पुस २०८०, १३ : १४
बुटवल । पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा पाल्पाको रिब्दीकोट गाउँपालिका–३ का ३० वर्षीय विष्णु ढकाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
गम्भीर घाइते रहेका दाङको घोराही उपमहानगरपालिका–१२ का ३२ वर्षीय यमराज पुन र रोल्पाको त्रिवेणी गाउँपालिका–५ का हिमाल घर्तीको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको छ ।
चार जना सवार रा १ ख २४०४ नम्बरको टिपर रिब्दीकोट गाउँपालिका–२ लघुवाको सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटनामा परेको हो । दुर्घटनामा सकुशल रहेका टिपरका चालकलाई भन प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द
-
गोल्डेन बुटको दौड : मेस्सीसँग बराबरीमा एम्बाप्पे
-
परीक्षा सकिएको एकहप्तामा नतिजा सार्वजनिक
-
उपत्यकामा ‘काग फ्लु’ को त्रास : के यो मानव स्वास्थ्यका लागि घातक छ ?
-
मेक्सिको सिटीमा ठुलो हुरीबतास: मेक्सिको र इक्वेडरबिचको विश्वकप खेल प्रभावित
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण