माइक्रोसफ्टले विन्डोज टेनलाई सपोर्ट बन्द गर्ने
क्यालिफोनिर्या । अमेरिकी बहुराष्ट्रिय सफ्टवेयर कम्पनी माइक्रोसफ्टले विन्डोज १० अपरेटिङ सिष्टमलाई सपोर्ट अन्त्य गर्ने योजना बनाएको छ । योसँगै विश्वभर २४ करोड थान पर्सनल कम्प्युटर रद्दी बन्ने बजार अनुसन्धाता संस्था क्यानलिस रिसर्चले बताएको छ ।
यी पीसीहरुबाट करिब ४८ करोड केजी बराबरको विद्युतीय फोहोर निस्कने बताइएको छ । यो भनेको ३ लाख २० हजार ओटा कार बराबर हुनेछ । ओएस सिष्टमलाई सपोर्ट बन्द गरेपछि पनि वर्षौसम्म पीसीहरु चल्न त सक्छन् । तर यस्ता उपकरणको सुरक्षा अपडेट निकै कम हुने भएकोले यसको माग भने घट्न सक्ने चेतावनी क्यानलिसले दिएको छ ।
कम्पनीले शुल्क नलिईकन भने सन् २०२५ को अक्टोबरसम्म विन्डोज १० मा चल्ने उपकरणलाई सपोर्ट गर्नेछ । सन् २०२८ को अक्टोबरसम्म चाँहि कम्पनीले निश्चित वार्षिक शुल्क लिएर विन्डोज १० मा चल्ने उपकरणहरुमा सुरक्षा अपडेट दिन सक्ने बताइएको छ ।
यसको लागि वार्षिक शुल्क कति लिइनेछ भनेर कम्पनीले केही पनि भनेको छैन । विन्डोज ११ मा नचल्ने उपकरणहरु नष्ट गर्दा वातावरणमा हुन सक्ने क्षतिबारे भने कम्पनीले कुनै प्रतिक्रिया दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण