अफलाइन चलाउने पठाओ र इनड्राइभका ४८ जना चालक पक्राउ
आइतबार, ०८ पुस २०८०, १७ : २३

काठमाडौँ । प्रहरीले पठाओ र इनड्राइभका ४८ जना राइडरहरुलाई पक्राउ गरेको छ । ‘अफलाइन ड्राइभ’ गरेको भेटिएपछि उनीहरूलाई शनिबार काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) कुमोध ढुंगेलले रातोपाटीलाई बताए ।
अफलाइन मोटरसाइकल चलाउँदा सुरक्षा चुनौती बढेको प्रहरी अनुसन्धानको निष्कर्ष छ । अफलाइन चालकहरूलाई काउन्सिलिङपछि रिहा गरिने एसपी ढुंगेलले बताए । उनले भने–‘सम्बन्धित कम्पनीमा उनीहरूले अफलाइन चलाएकोबारे जानकारी दिएर रिहा गर्छौँ ।’ अफलाइनमा यात्रा नगर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
धोनी भन्छन्, ‘जिम्मेबारीबाट पन्छिन मिल्दैन, हारको दोषी म हुँ’
-
मधुमेह रोगीहरूले बासी रोटी खानु साँच्चै फाइदाजनक हुन्छ ?
-
सरकारले पूर्वाधार निर्माणलाई गति दिएको छ : मन्त्री दाहाल
-
सरकारको बेलैमा बुद्धि पलाएन भने माओवादीको जस्तै विद्रोहमा जानुपर्ने अवस्था आउन सक्छ : बुद्धिमान तामाङ
-
पाण्डे र तिम्सिनाको निलम्बन फुकुवाबारे छलफल गर्दै एमाले