गढीमाई मन्दिरमा वेभ सिरिज ‘कैँची’ को शुभ–मुहूर्त
काठमाडौँ । वेभ सिरिज ‘कैँची’ को शुभ–मुहूर्त गरिएको छ । बाराको बरियारपुरस्थित गढीमाई मन्दिरमा शुभ मुर्हुत गरिएको सिरिजको छायाङ्कन पुस १३ गतेबाट हुनेछ ।
कामेश्वर चौरासिया, आमिर गौतम, पूजा ठाकुर, सुनिता पासवान, घनश्याम गिरी, दीपक चन्द, प्रदीप ढकाल, हरिश विक्रम खडायत, शुभम् भुमियार, रियाज आचार्य, दिपक आरजे र सरोज शाहको अभिनय रहने सिरिजमा मधेसको सेटअपमा कथा लेखिएको छ ।
सत्य घटनाबाट प्रभावित सिरिजमा पारिवारिक सम्बन्ध र त्यसले ल्याउने कलहलाई प्रस्तुत गर्ने तयारी निर्माण टिमको छ । विशेषगरि नेपालको तराई क्षेत्रमा घट्ने विभिन्न घटनामा यो सिरिज बन्ने छ । कैँचीको कथा अभिनेता कामेश्वर चौरासिया र पटकथा तथा संवाद कामेश्वर र निर्देशक नरेशनाथ योगीले लेखेका हुन् । यो सिरिजको निर्देशन नरेश आफैँले गर्दैछन् ।
बड्डी इन्टरटेनमेन्ट र अक्स इन्टरनेशनल स्टुडियोको प्रस्तुतिमा निर्माण हुने सिरिजको निर्मातामा गणेशप्रसाद बाघ र कार्यकारी निर्मातामा समीर खरेल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण