रुपन्देहीमा प्रथम राष्ट्रिय एमजी कप ब्याडमिन्टन
मङ्गलबार, १० पुस २०८०, २० : ५७
बुटवल । प्रथम एमजी कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता मंगलबार रुपन्देहीमा सम्पन्न भएको छ ।
प्रतियोगितामा मेन्स डबल खुल्लातर्फ बुटवल ब्याडमिन्टन क्लबका विश्वास नेपाल र गणेश रायमाझीको जोडीले उपाधिमा कब्जा जमाउन सफल भयो । द्वितीय स्थानमा लाफा ब्याडमिन्टनका तर्फबाट विवेक न्यौपाने र मनोज फौजदार भएका छन् ।
विजेता टिमले प्रथम पुरस्कार नगद ४० हजार तथा कप मेडल र द्वितीयले २५ हजार तथा कप मेडल प्राप्त गरे ।
भेट्रानतर्फ काठमाडौँ कालीका क्लबका राम केसी र इन्द्र महताले उपाधि चुम्न सफल भए ।
सो अवसरमा बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेले विजेता खेलाडीलाई पुरस्कार प्रदान गर्दे बुटवल भौतिक विकास मात्र नभई खेलकुद रूपमा पनि चिनाउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण