एकीकृत समाजवादी बैठक
माधव नेपालको दाबी : नेकपाको उत्तराधिकारी हामी हौँ
बुधबार, ११ पुस २०८०, १३ : ३५
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीको उत्तराधिकारी आफूहरू भएको बताएका छन् ।
बुधवार पार्टीको सातौँ केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफू नेतृत्वको पार्टी चाँडै दसौँ महाधिवेशन गर्न गइरहेको बताए ।
‘२००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीको उत्तराधिकारी हामी हौँ । हामीले आफ्नै जीवनकालमा भइरहेको पार्टीमा विद्रोह गरेर नयाँ पार्टी बनाउनुपरेको थियो’, अध्यक्ष नेपालले भने, ‘पुष्पलालले पनि तत्कालीन अवस्थामा नेकपाबाट विद्रोह गर्नुभएको थियो ।’ नेता नेपालको अगुवाइमा २ वर्षअघि एमालेसँग विद्रोह गरेर नेकपा एकीकृत समाजवादी गठन गरेका थिए ।
तत्कालीन पार्टीका महासचिव तुलसीलाल अमात्य भएका बेला पुष्पलालले विद्रोह गरेर नेपाल कम्युनिस्ट पार्टी गठन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
-
दिल्ली प्रदर्शनपछि कक्रोच जनता पार्टीविरुद्ध राष्ट्रविरोधी गतिविधिको आरोपमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण