बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरुले मुलुकमा षड्यन्त्रका तानाबाना बुनिरहेका छन् : माधव नेपाल

बुधबार, ११ पुस २०८०, १५ : ०२
बुधबार, ११ पुस २०८०

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरुले मुलुकमा षड्यन्त्रका तानाबाना बुनिरहेको बताएका छन् ।  

बुधबारबाट ललितपुर सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रतिगामी शक्तिहरुले संविधानमाथि आक्रमण गर्ने काम फेरि सुरु गरेकाले राजनीतिक दलहरुले गम्भीर भएर अघि बढ्नुपर्ने आवश्यकता पनि औँल्याए । उनले मुलुकलाई फेरि संकटबाट जोगाएर अघि बढ्नका लागि समाजवादी मोर्चामा आबद्ध सबै दलहरु एकताबद्ध भएर अघि बढ्न सहमत रहेको दाबी समेत गरे । 

समाजवादी मोर्चाको संयोजकको हैसियतले आफूले त्यहाँ भित्र पनि मुलुकको जटिल राजनीतिक परिस्थितिको बारेमा छलफल भित्र्याएको र त्यसको समाधानका लागि मोर्चामा आबद्ध सबै दलहरु एक भएर अघि बढ्न सहमत रहेको अध्यक्ष नेपालले बताए । उनले संविधान जोगाउनका लागि आफूहरुले विगतमा एमालेभित्रैबाट विद्रोह गर्नुपरेको र त्यसमा सफलता हात लागेको जिकिर समेत गरे ।

अध्यक्ष नेपालले नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाउन, बनाउन र लोकप्रिय बनाउने काममा कसरी लाग्न सकिन्छ भन्ने बारेमा पनि समाजवादी मोर्चाभित्र छलफल सुरु गरिएको बताए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप