फेकनद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५ लाख सहयोग
बुधबार, ११ पुस २०८०, १४ : ५९
काठमाडौँ । स्वतन्त्र शैक्षिक परामर्श सङ्घ नेपाल (फेकन) ले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। जाजरकोट भूकम्पका पीडितको आवास पुनर्निर्माणका लागि ५ लाख सहयोग गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ५ लाख बराबरको चेक हस्तान्तरण गरेको हो ।
संघले विभिन्न माग राख्दै प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ । एनओसी लिँदा देखिने समस्या, विद्यार्थी बिमा, परामर्श व्यवसायमा लाग्ने दोहोरो कर, विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गर्न कानुन निर्माण लगायतका विषयमा संघले ध्यानाकर्षण गराएको हो ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्रीले सामाजिक उत्तरदायित्व निर्वाहमा फेकनको भूमिकाको प्रशंसा गर्दै जायज मागहरू सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण