शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय अर्बपति आनन्द महिन्द्राले किन भने ‘यसरी त म कंगाल हुन्छु’

बुधबार, ११ पुस २०८०, १६ : २०
बुधबार, ११ पुस २०८०

नयाँदिल्ली । भारतका चर्चित व्यापारी तथा अर्बपति हुन आनन्द महिन्द्रा । यिनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय छन् । हरेक दिन केही न केही रोचक कुराहरू पोष्ट गरिरहन्छन् ।

हालै उनले एक्स (ट्विटर)मा गरेको एउटा भिडियो पोष्ट व्यापक भाइरल भइरहेको छ । भिडियो पोष्टमा उनले ‘मैले यस्तो गरे भने म कंगाल भइहाल्छु,’ भनेका छन् । भारतको बहुराष्ट्रिय अटो निर्माता कम्पनी महिन्द्रा एन्ड महिन्द्राका चेयरम्यानले यस्तो किन भने ?

के छ भिडियोमा ?

महिन्द्राले शेयर गरेको पोष्टमा एउटा भिडियो पनि जोडिएको छ । यो भिडियो भाइरल भइरहेको छ । यस भिडियोमा चीकू यादव नाम गरेका एक जना सानो बच्चा आफ्नो पितासँग कुराकानी गरिरहेका छन् । ती बच्चा सात सय भारुमा महिन्द्राको थार एसयूभी किन्ने कुरा गरिरहेका छन् । थार र एसयूभी ७०० एकै हो भन्दै बच्चाले सात सय भारुमा एसयूभी किन्न खोजिरहेका छन् ।

भिडियोमा बच्चा आफ्नो पितालाई सम्झाइरहेका देखिन्छन् । बच्चाका पिताले ७०० भारुमा गाडी आउँदैन भनिरहेका छन् । तर बच्चा भने आफ्नो कुरामा जिद्दी भएर बसेको छ । ७०० भारुमा थार किन्ने जिद्दी गरिरहेका बच्चाको यो भिडियोमा लाखौं भ्युज छ । भिडियो क्लिप भाइरल भएपछि आनन्द महिन्द्राका एक साथीले उनलाई शेयर गरेका थिए । त्यसपछि उनले यसलाई पोष्ट गरेका हुन् ।

यो भिडियोमा रिप्लाई दिँदै आनन्दले ‘यसरी त हामी छिट्टै कंगाल हुनेछौँ,’ भनेका छन् । भिडियोमा देखिएको बच्चाको आफूलाई पनि माया लागेको तर उनको अडान मानेर ७०० भारुमा थार बेचिदिए भने आफूहरु छिट्टै कंगाल हुने उनले बताएका छन् । यो पोष्टा एक्स युजरहरुले निकै प्रतिक्रिया दिइरहेका छन् । एक युजरले त आनन्द महिन्द्रालाई ट्याग गरेर कमेन्ट गरेका छन्, ‘सर जब यी बच्चा १८ वर्षको हुन्छ, त्यति बेला उसको लागि एउटा थार त बन्छ ।’

उसको कमेन्टमा उत्तर दिँदै आनन्द महिन्द्रा लेख्छन्, ‘ल ठिक छ, तर तिमीले सोचेका छौं त्यति बेला मेरो उमेर के हुन्छ ?’ पोष्टा युजरहरुले यस्ता सयौँ कमेन्ट गरेका छन् । सामाजिक सञ्जालमा सक्रिय रहने आनन्दको एक्समा १ करोडभन्दा धेरै फलोअर्स छन् । यिनले एक्समा शेयर गरेका रमाइलो, इनोभेटिभ आइडियाहरु भएको, मोटिभेशनल पोष्टहरुलाई युजरले निकै मन पराउने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप