बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सिटिजन्स क्यापिटल र मोदी हाइड्रोपावरबिच हकप्रद शेयर निष्कासनबारे सम्झौता

बुधबार, ११ पुस २०८०, १६ : २७
बुधबार, ११ पुस २०८०

काठमाडौँ । सिटिजन्स क्यापिटल लिमिटेड र युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडबिच हाइड्रोपावरको साबिकको सेयर धनीहरूको लागि हकप्रद शेयर निष्कासन सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष नरेन्द्र वल्लभ पन्त तथा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेड मार्फत निकट भविष्यमा युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयर साधारणसभाबाट पारित भए पश्चात् निष्कासन हुनेछ । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेड अन्तर्गतको पर्वत जिल्लामा अवस्थित रहेको १० मेगावाट उत्पादन क्षमता रहेको तल्लो मोदी – १ जलविद्युत आयोजना २०६९ मङ्सिरदेखि नै सञ्चालनमा आइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप