प्युठानमा गाडी दुर्घटना हुँदा १५ जना घाइते
बुटवल । प्युठानको बाग्दुलाबाट दाङको भालुबाङतर्फ आउँदै गरेको गाडी (हाइस) दुर्घटनामा परेको छ । बुधबार दिउँसो सरुमारानी गाउँपालिका ४ बडाँडाको ठुलो घुम्तीमा लु२ख ३०९३ नम्बरको हाइस दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा १५ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी हुमानन्द खनालले जानकारी दिए ।
उनका अनुसार घाइतेहरूको उद्धार गरी एम्बुलेन्समार्फत भालुवाङ लगिएको छ । प्रहरीका अनुसार घाइते हुनेमा कपिलवस्तु शिवराज नगरपालिका १ बस्ने ३५ वर्षीय बल बहादुर सुनार, उनकी ३४ वर्षीया श्रीमती सङ्गीता सुनार, सोही ठाउँकी युनिका सुनार रहेका छन् ।
यस्तै कपिलवस्तुको शिवराज नगरपालिका १ का ५८ वर्षीय अने सुनार र उनका छोरा २६ वर्षीय दुर्गा बहादुर सुनार छन् । यस्तै सोही ठाउँका १४ वर्षीय निम बहादुर सुनार, १६ वर्षीय हुकुम बहादुर सुनार, २० वर्षीया सावित्रा सुनार छन् ।
यस्तै घाइते हुनेमा दाङको राप्ती गाउँपालिका २ लाल मटिया ३५ वर्षीया जानकी आचार्य, कपिलवस्तु नगरपालिका ९ का ६७ वर्षीय यमलाल जोशी रहेका छन् । यस्तै रुपन्देही गैँडाहवा गाउँपालिका २ का ४६ वर्षीया विष्णु माया गिरी, प्युठानको बाग्दुला नगरपालिका ९ का १९ वर्षीया सृष्टि आले, कपिलवस्तु बाणगंगा नगरपालिका
८ का ७० वर्षका झक्कु प्रसाद उपाध्याय, कपिलवस्तु नगरपालिका ९ का ५८ वर्षीय निम प्रसाद खनाल रहेका छन् । घाइतेहरूको नेपालगन्ज र बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द
-
गोल्डेन बुटको दौड : मेस्सीसँग बराबरीमा एम्बाप्पे
-
परीक्षा सकिएको एकहप्तामा नतिजा सार्वजनिक
-
उपत्यकामा ‘काग फ्लु’ को त्रास : के यो मानव स्वास्थ्यका लागि घातक छ ?
-
मेक्सिको सिटीमा ठुलो हुरीबतास: मेक्सिको र इक्वेडरबिचको विश्वकप खेल प्रभावित
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण